महेसपुर भन्सारकाे राजस्व २७ करोड ३० लाख : पुर्वाधार विकासमा ध्यान दिएन सरकार

जितेन्द्र गुप्ता–

परासी, १९ श्रावण । महेसपुर भन्सार कार्यालय नवलपरासीले एक बर्षमा २७ करोड ३० लाख बढि राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले आर्थिक बर्ष २०७७÷०७८मा कुल २७ करोड ३० लाख २१ हजार २५० रुपैया राजस्व संकलन गरेको जनाएको छ । यो राजस्व अहिलेसम्मकै बढि राजस्व रहेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक बर्षमा १३ करोड ४ लाख ६१ हजार ६४१ रुपैया मात्र राजस्व संकलन गरेको थियो तर यसबर्ष राजस्वमा बद्धि हुदै गतबर्षको तुल्नामा दोब्बर राजस्व उठेको तथ्याङ्कले देखाएको छ । गत बर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्वमा कमी आएको थियो ।
भन्सारकाले असार महिनामा मात्र १ करोड १७ लाख ५४ हजार २५९ रुपैया उठाएको छ । कार्यालयका अनुसार पैठारी भन्सार महसुल तर्फ १२ करोड ५ लाख ७९ हजार २३३, कृषि सुधार शुल्क तर्फ ४ करोड ८१ लाख ४८ हजार ८०७, पैठारी सेवा दस्तुर तर्फ १५ लाख ४३ हजार ५०० संकलन गरेको छ ।

त्यस्तै अन्तशुल्क तर्फ ५४ लाख ७६ हजार ९५१, मुल्य अभिबृद्धि कर तर्फ ८ करोड ७९ लाख ७७ हजार ६३० र आयकर तर्फ ४९ लाख ८३ हजार ९३० रुपैया संकलन भएको छ भने सरकारी सम्पत्तिको विक्रीबाट प्राप्त आम्दानी ४२ लाख ५९ हजार १९९ र अन्य प्रशासनिक सेवाबाट ५२ हजार रुपैया आम्दानी गरेको कार्यालयले जनाएको छ ।
मुल भन्सारले एक बर्षमा यति राजस्व उठाउन कुनै ठुलो कुरो होईन तर भन्सार फुलफेजमा संचालनमा नआउँदा यहाँ व्यवपारीहरुको चाप बढन नसकेको र मालसमानको निकासी पैठारीमा समस्या समेत देखि रहने कार्यालयका एक कर्मचारीले भने ।

वि.स. २०७५ साल श्रावण १ गते नेपाल सरकारले उक्त महेसपुर छोटी भन्सारलाई मुल भन्सारको रुपमा घोष्णा गरेपनि अझै कार्यान्वयमा समस्या देखिएको छ । करिब २ कठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न, बाटोघाटोको विस्तार र विकास गर्न, गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउटर, क्वारेन्टाईन तथा जनशक्तिको व्यवस्थापनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ ।

Related articles

अफगानिस्तानमा ट्रक बम विष्फोट, १४ जनाको मृत्यु, १४५ घाइते

एजेन्सी- काठमाडौ,२२ साउन । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ ।  स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् ।   राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो ।  विस्फोटपछि प्रहरी […]

सुनौली नाकामा मृत्यु भएको नवलपरासीका युवकमा कोरोना संक्रमण पुष्टि

बुटवल,२९ जेठ । भातरबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । ‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो,’ प्रहरी निरीक्षक अधिकारीले भने, […]