दार्चुला घटना र एमसीसीको बिरोधमा क्रान्तिकारी माओवादीले १९ गते बर्दघाटमा बिरोध कार्यक्रम गर्दै

0
572

परासी १८ साउन । दार्चुला घटना र एमसीसीको बिरोधमा पश्चिम नवलपरासीको बर्दघाटमा साउन १९ गते बिरोध कार्यक्रम हुने भएको छ ।
दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बिरोधमा नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले बिरोध कार्यक्रम तयारी गरेको हो ।

बर्दघाटको मुख्यबजार पुरानो चौकीमा ठिक ११ः३० बजे हुने कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेम सुवेदी, पोलिटब्युरो सदस्य तथा प्रदेस सचिव भुपेन्द्र न्यौपाने , पोलिटब्युरो सदस्य अशोक लम्साल र राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानको तर्फबाट पदम कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलले बताउनुभयो ।

भारतीय ज्यादती र एमसीसी खारेजीका लागि हाम्रो आन्दोलन जारी छ – उहाँले भन्नुभयो –त्यसैका लागि कार्यक्रम आयोजना गरेका हौ । बैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एक हुने समय आएको उहाँको भनाई छ । त्यस्तै क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनतको पक्षमा कार्यक्रम हुने भएकोले कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here