नवलपरासीमा ३२ लाख ९० हजार नगद सहित २ जना पक्राउ

परासी, १८ श्रावण । नवलपरासी प्रहरीले ३२ लाख ९० हजार रुपैया नगद सहित २ जना युवालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीले जिल्लाको बर्दघाट नगरपालिका वडा १२ भटौलिया स्थित परासी नारायण चोक हुलाकी सडक खण्डबाट श्रोत नखुलेको ३२ लाख ९० हजार रुपैया नगद सहित २ जना युवकलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बुझाएको हो ।

गस्तीमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा युवकहरुले चढेको लु १६ प ३७२९ नं. को मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट श्रोत नखुलेको १८ लाख ५० हजार नेपाली र ९ लाख रुपैया भारतीय गरि कुल ३२ लाख ९० हजार रुपैया बरामद गरि जिल्ला प्रहरी कार्यालय बुझाएको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षे योगेन्द्र यादव र भारतको उत्तर प्रदेश जिल्ला महाराजगंज ठुठीवारी बस्ने २७ वर्षे समिर खान रहेका डिएस्पी लामाले जानकारी दिनु भयो ।

प्रहरीले उनीहरुका साथ भारतीय रुपैया २ हजार दरका २०७ थान, भारतिय ५ सय दरका ९७२ थान नोट गरी जम्मा ९ लाख भारू र नेपाली १ हजार दरका १ हजार ६९ थान नोट र ५ सय दरका १ हजार ५ सय ६२ थान नोट गरी जम्मा १८ लाख ५० हजार नपाली रुपैयाँ फेला पारेको जनाएको छ ।
प्रहरीले बरामद रकम सहित दुवै जना युवकलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने प्रहरीले जनाएको छ ।

Related articles

गणतन्त्र दिवस : राष्ट्रपतिबाट माधव राईसहित ४३४ कैदीको सजाय माफ

काठमाडौं १५ जेठ । गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीलाई सजायँ माफी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसमा ४३४ कैदीलाई सजायँ माफी दिएकी हुन् । माधव राईसहितका कैदीलाई माफी दिइएको राष्ट्रिय समाचार समितिले जनाएको छ । असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ […]

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका प्रमुख सहित जिल्लामा ३१ जनामा क्रोना संक्रमण पुष्टि

परासी, ७ भदाै । पश्चिम नवलपरासीमा आज मात्र ३१ जनामा क्रोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले समुदाय स्तरमा गरेको क्रोना परिक्षणमा आज मात्र ३१ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । स्वास्थ्य कार्यालय अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र स्थानियमा गरि कुल २५ जनामा क्रोना संक्रमण पुष्टि भएको छ भने […]