नवलपरासीको मिलानो चप्पल फैक्ट्रीमा आगलागी

परासी, २८ असार । पश्चिम नवलपरासीको एक चप्पल फैक्ट्रिमा आगलागी भएको छ । आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो ।

उद्योगमा वेल्डिङ्ग गर्ने क्रममा वेल्डिङ्गबाट निक्लेको आगोको चिन्गारीले नजिकै राखिएको केमिकलमा आगलागी हुँदा आगो विशाल रुप लिएको थियो । अहिले साँझ ७ बजको समयमा आगो नियन्त्रणमा आईसकेको छ । आगो नियन्त्रणमा लिन डेढ घण्टा लागेको थियो ।

आगो चप्पल उद्योगको बाहिरी क्षेत्रमा केमिकल राखिएकोे ठाउँमा लागेकोले उद्योगमा ठुलो क्षति हुनबाट जोगिएको छ । अहिले आगो नियन्त्रणमा आईसकेको प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिनु भयो ।

आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको गरि ३ वटा दमकल प्रयोग गरिएको थियो भने आगो बुझाउनमा नेपाल तथा शसस्त्र प्रहरी र स्थानियहरु लागी परेका थिए आगोले उद्योगमा लाखांैका क्षति भएको अनुमान गरिएको छ ।

आगो नियन्त्रणमा आएपछि आगो लागेको ठाउँहरुको जेसिबी प्रयोग गरि सफाई भैरहेको छ भने क्षतिको विवरण संकलन कार्य भैरहेको प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिनु भयो । आगोले कतिको क्षति भएको भन्ने तथ्याङ्क अझै आईसकेको छैन ।

Related articles

हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु

एजेन्सी, २५ पुष । जुबा–हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले […]

ठेकेदार फरार भएपछि सुस्ताको झुलुङ्गे अलपत्र

परासी, ३ चैत्र । लामो समयदेखि ठेकेदार फरार रहेपछि सुस्ताको झोलुङ्गे पुल अलपत्र परेको छ । भारतीय विवाद र मेटिरियलको अभाव देखाउदै आलटाल गर्दै आएको ठेकेदार अहिले सम्पर्कमा नआएपछि पुल अलपत्र परेको हो । जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको सुस्ताबासी पुल बन्न नसकेकाले अहिलेपनि जोखिमपुर्णै यात्रा डुङ्गा चढेर आवत जावत गर्न बाध्य रहेको सुस्ता बचाउ […]