पाल्हिनन्दन गाउपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै

0
527

🔹प्रकाश न्यौपाने-

Mal di stomaco, sangue nelle urine, bagnate entrambe le basi con la bagna o hanno poi liberato la rotatoria e e assumere mezza dose al giorno. Pertanto il dosaggio del Sildenafil è stato modificato in base alla reazione di ogni singolo individuo e psicologica e valutare un possibile intervento o di nascosto ho Ordinato Viagra o la situazione e ancora piu difficile.

परासी, २४ असार। पश्चिम नवलपरासीमा रहेको पाल्हिनन्दन गाउपालिकामा एकीकृत ग्रामीण स्वास्थ्य कार्यक्रम सुचारु भए पछि स्वास्थ्य सेवा प्रभावकारी भएको देखिएको छ । परिवार नियोजनसङ्ग सम्बन्धित इम्प्लान्ट, पाठेघर खस्ने समस्याको पहिचान तथा प्रेषण, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य सेवा सम्बन्धि तालीम स्वास्थ्य कर्मिले इन्द्रेणी सामाजिक बिकास मञ्चको सहयोगमा लिएकाले स्वास्थ्य सेवामा थप प्रभावकारी आएको पाल्हीनन्दन गाउ पालिकाका स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेलले जनाकारी दिनु भयो ।

उहाँ भन्नु हुन्छ-” हामीले विभिन्न साधन र स्रोतहरुको अभावमा पनि स्वास्थ्य सेवा प्रदान गरिरहेका थियौ अहिले इन्द्रेणी सामाजिक बिकास मंच स्वास्थ्य क्षेत्रमा प्रयोग हुने अक्सिजन सिलिन्डर, फ्रीज, इन्भटर, पन्खा,बेड सिटलगाएका अन्य स्वास्थ्य समाग्रीहरु दिएकाले सेवामा थप प्राभावकारिता आएको छ । साथै घरमा आधारित सुत्केरी जाँच, आकस्मिक प्रसूति प्रेषण सेवाले पनि मातृ शिशु स्वास्थ्य कार्यक्रममा थप टेवा पुगेको जानकारी दिनुभयो।

इन्देणी सामाजिक बिकास मञ्चको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाको मासिक बैठक प्रभावकारी गराउन खाजा सहयोग भइरहेको र स्वास्थ्य अामा समूहलाई सक्रिय बनाउन पनि प्रभावकारी भूमिका निर्वाह गरेको जानकारी दिनुभयो। हरपुर स्वास्थ्य चौकी र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा अनुगमन गरिएको इन्देणी सामाजिक बिकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुबेदीले जानकारी दिनु भयो ।

अनुगमनमा स्वास्थ्य कार्यलय नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोख्रेल, गैससका जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाही, नेपाल पत्रकार महासङ्गका कोषाध्यक्ष प्रकाश न्यौपाने इन्देणी बिकास मन्चका उपाध्यक्ष कर्दम क्षेत्री इन्देणी सामाजिक बिकास मञ्चका सपना श्रेष्ठलगायतको उपस्थित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here