पालिनन्दन गाउँपालिकाका अतिबिपन्न महिलाहरुलाइ सिलाइ मेसिन बितरण

0
546

जितेन्द्र गुप्ता-
महेसपुर, २२ असार। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका गरिब बिपन्न महिलाहरुलाइ सिलाइ मेसिन बितरण गरिएको छ। गाउँपालिका वडा १का २४ जना गरिब तथा अतिबिपन्न महिलाहरुको आयाअर्जन बढाउन उद्देशले उक्त सिलाइ मेसिन बितरण गरिएको हो।

गाउँपालिकाको सिफारिसमा वडा १ मा बसोबास गर्ने अति बिपन्न महिलाहरुलाइ स्थानीय विश्वेस्वर संस्थाद्वारा उक्त सिलाई कटाई मशिन वितरण गरिएको हो।

सिलाइ मेसिन बितरण कार्यक्रम वडा १ अध्यक्ष लल्लन यादबको अध्यक्षतामा तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष पाबित्री देबि कोहारको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो।

सो वडाको अतिविपन वर्गका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त २४ थान सिलाईकटाई मशिन वितरण गरिएको संस्थाकि संयोजक पुनम कोहारले जानकारी दिनु भयो।

बितरण कार्यक्रममा प्रमुख अतिथि दीपक गुप्ता, विशिष्ट अतिथि उपाध्यक्ष पवित्रा कोहार ,संस्था संयोजक पूनम कोहार, सदस्य सीताराम कुर्मी, राजकुमारी कोहार, गुडी हरिजन सनन्दन चौधरी लगायत अन्य को उपस्थिती रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here