लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला

परासी, १९ असार । सुनवल नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण मुल प्रवाहिकरण कार्याशाला विहिवार सम्पन्न भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोग तथा सुनवल नगरपालिकाको आयोजनामा नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्याशालामा लिङ्ग र लैङ्गिकता, समता र सामानता, लैङ्गिक भुमिका, लैङ्गिक आवश्यक्त, शक्ति सम्बन्ध, अन्तरसम्बन्ध र सामाजिक समावेशिकरण लगायतका विषयहरुमा छलफल गरिएको थियो । कार्यशालामा सो विषयका जानकार अधिवक्त सरस्वती शर्माले विषय बस्तुमा प्रस्तुतीकरण गर्दै छलफल गराउनु भएको थियो ।

कार्यशालामा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पालिकाको विभिन्न शाखाका शाखा प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यशाला गोष्ठीमा अबका दिनमा लैङ्गिक समानतालाई ध्यानमा राखी बजेट तथा कार्यक्रमहरु तय गरिने र पालिकाद्धारा प्रवाह हुने सेवामा पनि ख्याल गरि सेवालाई चुस्तदुरुस्त बनाउने नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले विश्वास व्यक्त गर्नु भयो । कार्यशाला गोष्ठीमा विभिन्न वडा अध्यक्ष र विभिन्न शाखा प्रमुखहरुले पनि आ–आफनो धारणा राखेका थिए ।

Related articles

रामग्राम स्तुप क्षेत्रमा नागपार्क निर्माण गरिने

परासी, २१ साउन । भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम क्षेत्रमा नागपार्क बनाउने प्रस्ताव गरि एक कार्यक्रम गरिएको छ । नागपञ्चमीको अवसर पारेर रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाको आयोजना र संघिय सँसद राष्ट्रियसभा सदस्य(साँसद) रामलखन हरिजनको प्रमुख आथित्यमा कार्यक्रम गरि नागपार्क निर्माण गर्ने प्रस्ताव गरिएको हो । नागपार्क निर्माणका लागि आफुले संघिय सरकारसंग […]

नवलपरासीको सुनुवलमा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा प्रभावकारी बन्दै

परासी, २ बैशाख ।  पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै जेष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बीमा कार्यक्रम प्रभावकारी भएको छ । एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक रू ५० हजार बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ । देवदह मेडिकल कलेज […]