बाख्रा पालक किसानलाई बाख्रा वितरण

परासी ,१९ असार । पश्चिम नवलपरासीको सरावलमा किसानहरुलाई बाख्रा वितरण गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर ३ पटनीका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको हाे । सगम बाख्रा पालक कृषक समुहको अध्यक्ष साेमकान्ति चाैधरिकाे अध्यक्षता र सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे प्रमुख अतिथिता तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे विशिष्ट अतिथतामा अाज एक कार्यक्रमका बिच किसानहरुलाई बाख्रा वितरण गरिएको हाे ।

प्रधानमन्त्री कृषि अाधुनिकरण परियोजना अन्तरगत बाख्रा पकेट क्षेत्र कार्यक्रमकाे लागि बाख्रा खाेरसुधार , उन्तजातकाे बाेका र पाठि वितरण गरिएको हाे । बाख्रा पालक किसानहरुलाई करिब १५ लाख बराबरकाे बाख्रा वितरण गरिएको पशुसेवा शाखा प्रमुख यम अर्यालले जानकारी दिए । सरावल गाउँपालिकाले युवाहरुलाई विदेश पलायन हुन नपराेस भनेर कृषि क्षेत्रकाे विकास गरि स्वदेशमै राेजगारिकाे सिर्जना गर्न र युवा ,महिला, बृद्धविद्धाहरुलाई कृषिमा अात्मनिर्भर बनाउनकाे लागि विभिन्न कृषि कार्यक्रमकाे अायाेजना गरिरहेकाे बताउदै पटनिका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको पालिका अध्यक्ष राधेश्याम चाैधरिले बताए । उहाले युवा तथा किसानहरुलाई स्वदेशमै काम गरि अाम्दानि गर्न सहज हाेज र दैनिक जीवन अापन गर्न सहयोग मिलाेस भन्ने उदेश्यले बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको बताउनुभएको हाे ।

साे अवस्थामा बाेल्दै विशिष्ट अतिथि पाैडेलले विदेश जानु भन्दा स्वदेशमै राेजगारि गराै भन्ने नाराका साथ सरावल गाउँपालिकाले बाेकेकाे उदेश्य लाई सफल पार्न र बाख्रा पालन गरि स्वदेशमै राेजगारि सिर्जना गर्नकालागि पटनीका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको बताए । कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भेषनरायण चाैधरि , वडामा नम्बर २ का वडा अध्यक्ष शम्भु चाैभरि वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय लगाएतकाे अतिथिहरुकाे सहभागी रहेको मा बाख्रा वितरण गरिएको थियो ।

Related articles

रामग्राम नगरपालिकाद्धारा गाईभैंसी पालन सम्बन्धी तालिम संचालन

परासी, १९ फागुन । नवलपरासीको रामग्राम नगरपालिकामा निशुल्क रुपमा ३ दिने व्यवसायिक रुपमा गाईभंैसी पालन सम्बन्धित तालिम संचालन भएकोे छ । उन्नत नश्लका पशु व्यवसायिक रुपमा पालन गरांै, रामग्राम नगरलाई दुधमा आत्मनिर्भर बनाआंै भन्ने मुल नाराका साथ उक्त तिन दिने निशुल्क तालिम आजदेखि संचालनमा आएको हो । रामग्राम नगरपालिकाको आयोजनामा संचालिन तालिम नगरपालिकाको पशु शाखाका […]

रिसईबिका कारण एकजना व्यक्तिले सावा कठ्ठा क्षेत्रफलमा लगाइएको केरा काटेर गरिदिए नष्ट

परासी, ३ जेठ । नवलपरासीमा एकजना व्यक्तिले सावा कठ्ठा खेतमा लगाइएको केराबाली काटेर नष्ट गरिदिएका छन् । केरा लगाइएको खेत आफनो जग्गा रहेको भन्दै सावा कठ्ठामा तयार रहेको ११५ बोट केरा काटेर नष्ट गरिएका छन् । यो घटना पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ रतनगंजको हो । रतनगंजबासी सेराज मोमिनले ४ कठ्ठामा लगाएको केरा मध्ये डेढ […]