परासी, १९ असार । बैकर्स क्लब परासी नवलपरासीले विभिन्न माग राखदै अान्दाेलित भएकाे छ । खाइपाइ अाएकाे सुविधा कटाैती, सामाजिक सुरक्षा काेष विरुद्ध लगायतका माग सहित परासीमा विराेध प्रदशर्न गर्दै अान्दाेलित भएकाे हाे । बैंकर्स कल्ब परासीको आयोजनामा शुक्रबार जिल्ला बैंकका कर्मचारीहरुले मिलेर सदरमुकाम परासीमा विभन्न माग सहित विरोध र्याली निकाली बुद्धचाेक पुगेका हुन । कालो मास्क लगाएर बैकका कमर्चारीहरु विरोध रयाली निकाली विराेध जनाएका हुन
खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको बैंकर्स कल्ब परासीका अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । सामाजिक सुरक्षा योजनाविरुद्ध आफूहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहने प्रदर्शनमा सहभागी बैंकका कर्मचारीहरुले बताएका छन् । कोषले बैंकका कर्मचारीहरुलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित भएका क्लबका सदस्य जितेन्द्र अग्रहरीले जानकारी दिनु भयाे ।
बैंकका कर्मचारीले विगत देखिनै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि असहमति जनाउँदै आएका थिए । निषेधाज्ञाका बिच बैंकका कर्मचारीले र्याली निकालेर कोण सभामा गर्न थालेपछि वुद्धचोकमा प्रहरीले कोणसभाभ गर्न रोक लगाएको थियो ।