रामग्राम नगरपालिकाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण ः सुनौलो हजारदिनका आमालाई चल्ला र औषधी विरतण

0
522

परासी, १५ असार । सुनौलो हजारका दिनका आमाहरुलाई पोषण सुधारका लागि विभिन्नसामाग्री वितरण गरिएको छ । बहुक्षेत्रिय पोष्ण कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकाले ६ वटा वडाका सुनौलो हजारका दिनका आमाहरुलाई पोषण सुधारका लागि कुखुराको चल्ला, दाना र औषधीहरु वितरण गरेको छ ।

एक अनौपचारिक कार्यक्रम बिच वडा ४, ७, ८, ९, १६ र १७ गरि ६ वटा वडाका १७९ जना सुनौलो हजार दिनका आमाहरुको खानेकुरामा पोषण सुधारका लागि रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ति सामाग्रीहरु वितरण गर्नु भएको हो । चल्ला र औषधी वितरण कार्यक्रममा नगरपालिकाको कार्यपालिका सदस्य रोशन शाह, सम्बन्धित वडाका वडा अध्यक्षहरु, पशुसेवा शाखाका कर्मचारी गोविन्द पौडेल, खेमराज पटेल, पोष्ण स्वयसेवक दुर्गा घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

त्यसैबिच रामग्राम नगरपालिकाकाले कृषिमा आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन वडा ८ र १२ का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । एक अनौपचरिक कार्यक्रमबिच ति कृषक र समुहहरुलाई नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कृषि उपकरण वितरण गर्दै यसको भरपुर उपयोग गरि उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह गर्नु भयो ।

वितरण गरिएको उपकरणमा पम्पिङ्ग सेट, हाते टयाक्टर, पावर ट्रिलर, स्पे्र मेसिन, मोटर, तरकारी राख्ने क्यारेट, डिलेभरी पाईप लगायतका उपकरणहरु रहेको कृषि विकास शाखाका कर्मचारी सनतकुमार गिरीले जानकारी दिनु भयो । वितरण कार्यक्रममा वडा ८ का अध्यक्ष महेन्द्र ठाकुर, वडा १२ का अध्यक्ष भगवन्तलाल गुप्ता, कार्यपालिका सदस्य रोशन कुमार शाह लागायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here