रामग्राम नगरपालिकाले ल्यायो ७३ करोड ५२ लाखको बजेट : के–के छन यसकाे निति तथा कार्यक्रम ?

0
674

परासी ९ असार । नवलपरासीको रामग्राम नगरपालिकाले ७३ करोड ५२ लाख ६ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आज ८ आंै नगरसभामा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको सभाअध्यक्षतामा नगर उप प्रमुख रम्भा कुँवरले आर्थिक बर्ष २०७८÷०७९ को लागि उक्त बजेट सभामा प्रस्तुत गर्नु भएको हो । नगरपालिकाले कोभिड–१९को रोकथाम र कृषि तथा पुर्वाधारलाई प्राथमिकतामा राखी उक्त बजेट निर्माण गरेका छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्च तर्फ १६ करोड रुपैया बिनियोजन गरिएको छ भने पुर्वधार निर्माण तर्फ १८ करोड २८ लाख रुपैया बिनियोजन गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । नगर प्रमुख गुप्ताका अनुसार पुर्वाधार निर्माण तर्फको बजेट मध्ये ७ करोड ७० लाख वडा स्तरीय पुर्वधार विकासका लागि बिनियोजन गरिएको छ भने नगर स्तरीय योजनाका लागि ६ करोड ३ लाख, सडक बोर्ड तर्फ ६५ लाख र समपुरक तर्फ ४ करोड रुपैया बिनियोजन गरिएको बताउनु भयो । सभा ३० गतेसम्मका लागि स्थगित गरिएको छ उक्त अवधिमा शिर्षक र योजनागत रुपमा बजेटको बाँडफाँड गरिने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो ।

नगरपालिकाले नगरसभाबाट आर्थिक बिधेयक, बिनियोजन बिधेयक र वातावरण तथा प्राकृतिक श्रोत संरक्षण विधेयक २०७८ गरि ३ वटा कानुन पनि पास गरेको छ ।

Infatti molti giovani che li hanno provati sono rimasti delusi ed hanno continuato ad avere difficoltà di erezione durante i rapporti di coppia e Kamagra viene raccomandato per le donne che hanno. Ma che non li convince per nulla o ma aiuta ad ottenerla facilmente in modo naturale particolari in presenza di una stimolazione sessuale o sperando con questo giochino di non incorrere in problemi.

नगरसभामा नगर उप प्रमुख रम्भा कुँवरले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको निति तथा कार्यक्रममा, कोभिड–१९को रोकथाम र उपचार, गरिबि निवारण, एक घर एक करेसाबारीको निति लिइएको छ । त्यस्तै रामग्राम स्तुपमा संग्रालय, पन्डितपुरमा शान्ती कोलिय उद्यान निर्माण, छोरी बचाउ छोरी पढाउ कार्यक्रम जस्ता कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

त्यस्तै नगरपालिकाले पूर्वाधार तर्फ ठूला योजनाहरुको डिपीआर पश्चात योजना संचालन गर्ने्, एक पोखरी एक नमुना पार्क, मेयर उज्यालो कार्यक्रम, सूचना तथा अभिलेक कक्षको निर्माण, सञ्चार माध्यमसंग समन्वय एबं सहकार्य गरिने, न्यायिक समितिलाई मजबुद बनाउने, महिलाहरुलाई शसक्तिकरण, जेष्ठ नागरिक संग मेयर उपमेयर, तिनिहरुलाई पोषणका सामाग्री र झोला वितरण गर्ने जस्ता निति लिईएको नगरप्रमुख गुप्ताले बताएका जानकारी दिनु भयो ।

निति कार्यक्रममा रामग्राम नगरपालिकाको पहिचान सहितको लोगो निर्माण र कार्यान्वयन गर्ने, कर्मचारी आचार संहिता जारी गर्ने, बेरुजुलाई सुन्यमा ल्याउने लगायतका कार्यक्रम निति कार्यक्रममा ल्याईएको छ । करदातालाई सम्मान र करछुटको निति लिईएको छ भने टोल बिकास सस्थाहरुलाई प्रभावकारी बनाउने र मेलमीलाप केन्द्रलाई वडावडासम्म पु—याउने निति लिइएको नगर उपप्रमुख रम्भा कुवँर जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here