नवलपरासीमा ६० प्रतिशत रोपाई सकियो : कृषकहरु धान रोप्न व्यस्त

0
667

परासी, ९ असार । नवलपरासीमा हालसम्म ६० प्रतिशत धान रोपाई सकिएको छ । धान रोपाईको सिजनमा कृषकहरु समय समयमा बर्षाका पानी र गण्डक नहरमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनको समयमा किसानहरु सबै धानखेतीलाई प्राथमिकतामा राखी धान रोप्न व्यस्त छन् ।

जिल्लामा कुल २१ हजार ५५२ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । जिल्लामा राधा, सावित्री, रामधान, साँभा, सोना मसुली, काभेरी,प्रसन्ना लगायत हाईब्रिड जातका धान खेती हुदै आएको छ । नेपाल सरकारले १२८ प्राजातीको धान सुचिकृत गरेको छ तर किसानहरु बढि उत्पादन लिन भारतीय हाईब्रिडका धानहरु लगाउने गरेको पाइएको छ ।

कृषि ज्ञान केन्द्रले जिल्ला धान उत्पादन बढाउन धान ब्लक र धान प्रवद्र्धन कार्यक्रमहरु गर्दै आएको छ । खेतीका लागि सुहाउदो माटो, प्राविधिक सहयोग र प्रामर्श समेत गर्दै आएको केन्द्र प्रमुख देवेश कुमार मिश्राले जानकारी दिए । प्रमुख मिश्राले भने, अहिले जिल्लामा ६० प्रतिशत धान रोपाई सकिएको छ र असार २० गतेभित्रसम्ममा करिब सम्पुर्ण खेतको रोपाई सकिने अनुमान गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here