सुनवल नगरपालिकाद्धारा ९२ करोड ४९ लाख ६८ हजारकाे बजेट प्रस्तुत

रमेश भुसाल

परासी, ७ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोभिडबाट प्रभावित हुन पुगेको विकास निर्माण, व्यापार व्यावसाय तथा जनजिवनको पुर्नउत्थानमा विशेष जोेड दिने बताएको छ। नगरपालिकाको नवौं नगर सभालाई सम्वोधन गर्दै नगर प्रमुख भीमवहादुर थापाले कोभिडबाट क्षतविक्षत हुन पुगेको बिकास निर्माण,व्यापार व्यवसाय तथा जनजिवनको पुर्नउत्थानमा नगरपालिकाले निषेधाज्ञा अवधिमा अवरुद्ध हुन पुगेका सेवाहरुमा बिना थप दस्तुर निरन्तरता दिने व्यवस्था गरिएको बताए।

नगरपालिकाले कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लामै पहिलो पटक क्वारेन्टिन निर्माण गर्ने, आइसोलेसन निर्माण साथै कोरोनाका गम्भिर विरामिलाई उपचार गर्न मिनि आइसियु सेवा सञ्चालन गरेकोमा नगरवासीलाई थप सुरक्षित राख्न स्वास्थ्य पूर्वाधार विकास, रोकथाम तथा नियन्त्रणका लागि आर्थिक वर्ष २०७८/०७९ मा बिषेश प्राथमिकता दिई निति तथा कार्यक्रमहरु तयार गरेको नगरप्रमुख थापाको भनाई छ।

आर्थिक वर्ष २०७८/०७९को वार्षिक निति तथा कार्यक्रमहरु अन्तर्गत सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वातावरण तथा विपद व्यवस्थाप लगाएतका कार्यक्रमहरुको लागि आन्तरिक तथा वाह्य नगरको आम्दानीहरुलाई आदार मानी ९२ करोड ४९ लाख ६८ हजार १ सय २० मध्ये चालु खर्च तर्फ ४० करोेड ४० लाख ८१ हजार ४ सय ४० र पुुजिगत तर्फ ५१ करोड ७८ लाख ८६ हजार ६ सय ८० साथै वित्तिय व्यावस्थापन तर्फ ३० लाख विनियोजन गरेको नगर उप्रमुुख दधिराम अर्यालले बताए। साथै कोभिड-१९ का कारणले अस्तव्यस्त रहेको नगरको आर्थिक गतिविधिलाई सामान्य वनाउने उद्देश्यले विभिन्न कर संकलनमा लिईदै आएको दण्ड जरिवानामा छुट दिने व्यवस्था नगरपालिकाले गरेको छ।

त्यस्तै व्यापार व्यवसायमा कोरोनाका कारण प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको करका दरहरु यथावत राखिएको छ। आर्थिक वर्ष २०७७/०७८ को संशोधित अनुमान भन्दा आगामी वर्ष २०७८/०७९को वजेटको आकार १६.१९ प्रतिशतले घटाएको र वजेटमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको रकम समावेश नगरिएको नगर उपप्रमुख अर्यालको भनाई छ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा समाजिक विकास तर्फ ३० करोड ८२ लाख ६४ हजार ८ सय ८० मध्ये सवै भन्दा वढि शिक्षा तर्फ २२ करोड ८९ लाख ६५ हजार विनियोजन गरेको छ भने स्वस्थ्य तर्फ ४ करोड ४३ लाख वजेट विनियोजन गरेको छ। त्यस्तै आर्थिक विकास तर्फ ५ करोड ८७ लाख ४५ हजार मध्ये कृषिमा २ करोड ४७ लाख ५२ हजार र पर्यटनमा १ करोड ८५ लाख विनियोजन गरेको छ। पूर्वाधार विकास तर्फ ३० करोड ४१ लाख २६ हजार १ सय २० र वातावरण तथा विपद् व्यावस्थापन तर्फ ४ करोड ७० लाख २२ हजार १ सय २० रुपौया वजेट विनियोजन गरेको छ भने संस्थागत विकास ,सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५१ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ।

Related articles

बैंकर्स क्लब परासीद्धारा प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

परासी, ३ जेष्ठ । बैंकर्स क्लब अफ परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । क्लबका अध्यक्ष प्रकाश भण्डारी नेतृत्वको बंैकर्स टोलीले उक्त स्वास्थ्य सामाग्रीहरु प्रशासन कार्यालय हस्तानत्रण गरेपछि प्रशासनले पुनः त्यो सामाग्रीहरु पृथ्वीचन्द्र अस्पताललाई हस्तान्त्रण गरेको हो । क्लबले प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्त्रण गरेको स्वास्थ्य सामाग्रीमा […]

नवलपुरमा विप्लवका दुई जिल्ला नेता पक्राउ

नवलपुर, १४ चैत । जिल्ला प्रहरीले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला नेतालाई पक्राउ गरेको छ । देवचुली २ बाट नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै (सम्राट) र नेकपाका जिल्ला सदस्य पारस गौतम पक्राउ परेका हुन् । सोमैलाई उनकै घरबाट र गौतमलाई देवचुली २, चौधरी उद्योग अगाडिबाट पक्राउ गरेको […]