सिमावर्ती प्रहरी चौकी तथा सशस्त्र बिअाेपीहरूमा स्वास्थ्य सामाग्री वितरण

0
341

परासी, ५ असार । पश्चिम् नवलपरासीमा रहेको योगदान राष्ट्रको लागि नवलपरासी का जिल्ला सयोजक ज्ञानेश्वर सहानी ले प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । आज नवलपरासी जिल्ला को पाल्हिनन्दन गाउपालिका तथा सरावल गाउँपालिकाको सनई प्रहरी चौकी , गेरमी प्रहरी चाैकी , सशस्त्र प्रहरी रगरगनज, सशस्त्र प्रहरी गेरमा , अमानिगनज प्रहरी चाैकी , सशस्त्र प्रहरी भुजहवा, भुजहवा प्रहरी चाैकी र सशस्त्र प्रहरी बल बेलासपुर मा १ लि० सेनेटाइजर , १०० पि० मास्क र ५ पिस फेस स्लाइड , ५ पि० ग्लोप्स लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

दोस्रो चरणको कोरोनाको महामारी विश्व लगायत नेपालमा पनि अति नै डर लाग्दो अवस्थामा पुगी सकेको तथा प्रहरीहरु प्रत्यक्ष रुपमा धेरै नै खतराको सामना गर्नुपर्ने भएकोले स्वास्थ्य सामग्रीको प्रयोगबाट सुरक्षित भएर आफ्नो भूमिका निर्वाह गर्न हस्तान्तरण गरीएको ज्ञानेश्वर सहानीले जानकारी दिएका छन् ।

यस अघि पनि पाल्हिनन्दन गाउपालिका, सरावल गाउँ पालिका,सुस्ता गाउँ पालिका, प्रतापपुर गाउँपालिका , बदघाट नगरपालिका र रामग्राम नगरपालिका भित्र लगायतका सबै मा ७०० पि० मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । यस अभियानमा पत्रकार सुरेश यादव,योगदान राष्ट्रको लागि नवलपरासी का सहसचिव सिद्धान्त पाठक , योगदान राष्ट्रको लागि नवलपरासी का सदस्य सुरज यादव तथा योगदान राष्ट्रको लागि नवलपरासी का सदस्य अाषिश सिह लगायतको सहयोग र सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here