दलहरू विभाजनले संविधान समाप्त हुने खतरा बढयाे : पुर्वमन्त्री त्रिपाठी

0
571

परासी, ३० जेठ । नेपालको राजनितिक दलहरुमा विभाजका घटनाले संविधान नै खतरामा परेको पुर्व मन्त्री त्रिपाठीले बताएका छन् । स्वतन्त्र राजनितिक समुह नवलपरासीका संयाेजक राधेरमण पांडेकाे अध्यक्षतामा परासीमा अयोजित पत्रकार सम्मेलनमा समुहका केन्द्रिय संयाेजक समेत रहेका पुर्वमन्त्री त्रिपाठीले बोल्दै यति बेला राजनिति, दलहरुको हातबाट बाहिर गई अदालतको परिसरमा पुगेको छ ।

दलहरु आफनो निति मर्यादामा नबसी दलहरुमा असन्तुष्टि बढदै दलहरुमा विभाजन देखा पर्दै गएकाले यो असुभ संकेत देखिएको र यसले संविधान नै समाप्त हुने संकेत देखिएको बताएका हुन् ।यतिबेला संसदको अभावमा संविधान घाईते भएको छ । नेताहरु कुर्चीका लागि दौडधुप गरिरहेको र दलभित्रै आन्तरिक खिचातानी र लडाईले नेताहरु संविधान जोगाउनु भन्दा संविधानलाई झनै जोखिममा पार्ने कार्य गरिरहेको नेता त्रिपाठीले आरोप लगाएका हुन् ।

संविधान जोगाउन यतिबेला दुईवटा विकल्प देखिएको मध्ये पहिलो विकल्प संसद पुर्नस्थापन र दोश्रो विकल्प चुनाव रहेको नेता त्रिपाठीले भन्दै सबै दलहरु मिलेर संविधानलाई जोगाउन आवश्यक्ता रहेको बताए । नेता त्रिपाठीले पत्रकार सम्मेलनमा मार्फत स्वतन्त्र राजनितिक समुहले आफनो दल निर्माण र दर्ता प्रक्रिया पनि अगाडी बढाएको बताए ।

नेता त्रिपाठील भने, विभिन्न विज्ञहरुलाई राखेर दल निर्माणका लागि यसका बैचारिक र दस्तावेज बनाउने कार्य करिब करिब अन्तिम चरणमा पुगी सकेको छ । संघिय लोकतान्त्रिक गणतन्त्रको मुलमान्यतालाई अंगिकार गरि अगाडी बढिएको र दल निर्माणका लागि पुर्वपश्चिम गरि दुई ठुला भेला सक्दै काठमाण्डौमा भेला गरि दलको नामाकरण र पार्टी घोष्णा गरि निर्वाचनमा दल दर्ता गराउन योजना रहेको सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here