डुवानबाट बचाउन पाल्हीनन्दन र सरावलमा पर्ने झरही र धनेवा खोलाकाे सफाई गरिने

0
508

सुरेश यादव–

परासी, २७ जेठ । वर्षाका कारण हुन सक्ने सम्भाव्य क्षति न्यूनिकरणका लागि आज जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीले कार्य योजना बनाएको छ । हरेक वर्ष वर्षाका कारण जिल्लामा धनजनको क्षति हुँदै आएपछि विपद् व्यवस्थापन समितिले सरकारी निकाय र सरोकारवालाको सहभागितामा पूर्वतयारीका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न बैठकले वर्षाका कारण पहिरो र डुबानका कारण जोखिममा पर्ने बस्ती र स्थानीयवासीहरुको सहयोगका लागि राहत तथा आवश्यक उद्दार सामाग्रीहरु तयारी अवस्थामा राख्न सरोकारवालाहरुलाई आग्रह गरेको छ । पूर्वतयारीका लागि स्थानीय तह, विषयगत सरकारी कार्यालय, निजी क्षेत्र, सामाजिक संघसंस्थालगायत सरोकारवालाहरुलाई समेटिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।

विपद् पूर्वतयारका लागि सचेतना जगाउ सन्देशमुलक सामाग्री प्रकाशन र प्रसारण गर्न जिल्लामा रहेका सञ्चारमाध्यमहरुलाई बैठकले अनुरोध गरेको छ । त्यसैगरी बैठकले पाल्हीनन्दन गाउँपालिका र सरावल गाउँपालिकामा पर्ने झरही र धनेवा खोलाका कारण बस्ती जोखिममा पर्ने संभावना रहेकाले त्यस क्षेत्रमा थुप्रिएको माटो र बालुवालाई व्यवस्थित गरी खोला सफा गर्ने निर्णय गरिएको छ । त्यसको जिम्मेवारी सम्बन्धित पालिकालाई दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here