सरावलमा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण

महेश यादव–

परासी ,२७ जेष्ठ । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको छ । सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई माहुरी पालन गर्नकाे लागि माहुरीकाे घार वितरण गरिएको छ मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरगत सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा माहुरीकाे घार वितरण गरिएको हाे ।

गाउँपालिका भित्रीका माहुरी पालक किसानहरुलाई करिब ५० वटा माहुरीकाे घार वितरण गरिएको कृषि शाखा प्रमुख कुलदिप मिश्रले खबर पात्राेलाई जानकारी दिए । सरावल गाउँपालिकाले कृषि क्षेत्रमा किसानहरुलाई अात्मनिर्भर बनाई ब्यावसायिक र अाधुनिकरण कृषि क्षेत्र तर्फ किसानहरुलाई जागरुक गराई माहुरी पालक किसानहरुलाई माहुरी पालनमा सुबिधा युक्त तरिका बाट मह उत्पादन गर्नका लागि किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।

सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पाैडेल र पालिका भित्रका माहुरी पालक किसानहरुकाे उपस्थितिमा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको थियो ।

Related articles

बालिका बलात्कारको आरोपमा एक पक्राउ

नवलपुर, २५ मंसिर । नवलपुरको कावासोतीमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय ११ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा कावासोती ३ निवासी ३६ वर्षीय ओमराज श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । सोमबार राति ८ बजेतिर बालिकाको घरमै गएर श्रेष्ठले बलात्कार […]

लागु औषध सहित दुई युवक पक्राउ

परासी, ८ बैशाख । नवलपरासीको विभिन्न स्थानबाट लागु औषध सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा पोखरा उप महानगरपालिका १९ प्रगतिनगरका ३२ बर्षिय विमल गुरुगँ र रामग्राम नगरपालिका ७ उजैनीका २६ बर्षिय रोशन अचार्य लागु औषध सहित पक्राउ परेको प्रहरीले जानकारी गराएको हो । रामग्राम १२ स्थित […]