सरावलमा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

0
317

परासी ,२५ जेष्ठ। पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कृषि उपकरण बितरण गरिएको छ ।

सरावल गाउँपालिकाद्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

किसानहरुलाई कृषि कार्य गर्न सहज र कृषि आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण वितरण गरेको हो ।

गाउँपालिकाको वार्षिक कार्यक्रम याेजना अन्तर्गत २२ थान पम्पसेट र ४५ थान मोटर वितरण गर्ने योजना अनुसार साेमवार पहिलो चरणमा ८ वटा पम्पसेट र २६ थान मोटर वितरण गरिएको
र बाँकी केही दिनमा थप उपकरण वितरण गरिने कृषि शाखा प्रमुख कुलदीप मिश्रले खबर पात्राे लाई जानकारी दिनुभएको हाे।

किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र अात्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउदै कृषि क्षेत्रलाई अाधुनिकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कषि उपकरण वितरण गरिएकाे गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिले बताउनुभएको थियो ।

सरावल गाउँपालिकाकाे चालु अावकाे वार्षिक कार्यक्रमकाे याेजना अनुसार किसानहरुलाई कृषि उपकरणमा पचास प्रतिशत अनुदान र प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गतको पचास प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here