परासी २४ जेठ । पश्चिम नवलपरासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवनको शिलान्यास गरिएको छ । पृथ्बीचन्द्र आस्पतालको परिसरमा पिसीआर मेसीन संचालन गर्नका लागि ५ काेठे भवनको शिलान्यास गरिएको हो ।
रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार र पाल्हीनन्दन गाउँपालिका एंव पिसिआर मेसीन संचालन समीतीका संयोजक बैजुप्रसाद गुप्ताले संयुक्त रुपमा पिसिआर मेसीन संचालन गर्नको लागि भवनको शिलान्यास गरेका हुन ।
यस अघि आस्पतालले उद्योग बाणिज्य संघको सभाहल कोठामा बनाएर मेसिन संचालनमा ल्याउने तयारी गरेको थियो तर सर्बदलिय बैठक बसेर बैजुप्रासद गुप्तालाई संयोजक बनाएपछि पिसीआर मेसीन संचालन गर्नका लागि भवन निमार्ण कार्य सुरु भएको छ ।
जिल्लामा पिसिआर मेसीन नहुदाँ बुटवाल भैरहवा जानुपर्ने बाध्यता रहेको थियो । जिल्लामा पिसिआर मेसीन संचालनमा आएपछी बुटवाल भैरहवा जानुपर्ने बाध्यता हटने छ । जिल्लामा पिसिआर मेसिन नहुदाँ पनि स्वाब परीक्षण बुटवाल भैरहवा पठाउदाँ त्यसको रिर्पोट आउन १० देखी २० दिनसम्म लाग्ने गरेको थियो ।
पिसिआर मेसीन संचालन गर्नका ५ कोठा र पाटेशन सहित भवन निर्माण कार्य सुरु भएको पिसीआर भवन निमार्ण समितीका अध्यक्ष शम्भु प्रसाद उपाध्ययले जानकारी दिए । उनको अनुसार पिसीआर मेसीन संचालन गर्नको लागि भवन निमार्ण गर्ने करिब ३५ लाख रुपैयाँ लाग्ने बताए ।