गरिब विपन्न परिवारलाई खाना पकाउने ग्यासचुल्हो वितरण गर्दै पाल्हीनन्दन गाउँपालिका

परासी, २४ जेठ । खाना पकाउन प्रयोग गरिदैँ आएको गुईठा र दाउरालाई प्रतिस्थापन गर्न नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले ग्यास चुल्हो वितरण गर्ने भएको छ । यहाँका अधिकांश घरपरिवारले अझै पनि परम्परागत गुईठा र दाउराको प्रयोग गरी खाना पकाउने गर्दछन् ।

चालु आवमै गाउँपालिकाका अति विपन्न, गरीब, दलित ९०० घरपरिवारलाई ग्यास चुल्हो वितरण गर्ने गरि काम अघि बढेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले  जानकारी दिनुभयो । ६ वटा वडा रहेको यस गाउँपालिकाका प्रत्येक वडामा १५० घरपरिवारको दरले ग्यास, चुल्हो, रेगुलेटर, पाईप वितरण गर्न लागेको उहाँले बताउनुभयो ।

“अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारण ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको हो”, उहाँले भन्नुभयो ।
अहिले प्रत्येक वडा कार्यालय मार्फत ग्यास चुल्हो वितरण गर्नुपर्ने अति विपन्न घरपरिवारको निवेदन सङ्कलन भईरहेको गाउँपालिकाले जनाएको छ । यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र गाउँपालिका नै धुँवामुक्त हुने विश्वास गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

कार्यविधि नै बनाएर विपन्न वर्गलाई ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो । ७० प्रतिशत अनुदानमा ग्यास चुल्हो वितरण गर्न लागिएकोले विपन्न वर्गलाई सहज हुने विश्वास गरिएको उहाँले उल्लेख गर्नुभयो ।

Related articles

सरावल गाउँपालिकाका ५ सय ९ घरधुरी परिवारलाई गाउँब्लक लालपुर्जा बितरण 

परासी,१८ चैत । नवलपरासीको सरावल गाउँपालिका ५ साबिक बडहरा दुबाैलियामा देखि गाउँ ब्लक लालपुर्जा बितरण कार्य सुरु भएको छ। हाल सरावल गाउँपालिका ५ साबिक बडहरा दुबाैलिया गाबिस भित्रका ५ सय ९ घरधुरी परिवारलाई गाउँ ब्लक लालपुर्जा बितरण कार्य अाइतबारदेखि सुरु भएको हाे। नापी कार्यालय परासीको आयोजना तथा सरावल गाउँपालिका ५ को समन्वयमा एक कार्यक्रमका बिच […]

शसस्त्र प्रहरीद्धारा ३ लाखको चल्ला बरामद

महेसपुर, ३ भदौ । शसस्त्र प्रहरीले करिब ३ लाख रुपैया बराबरको अवैध चल्ला बरामद गरेको छ । भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा रामग्राम नगरपालिका १७ बरारी गाउँमा शसस्त्र प्रहरीको टोलीले गएराती ४ हजार ५० गोटा अवैध कुखराको चल्ला बरामद गरि नष्ट गरेको हो । शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बेलासपुरको शसस्त्र प्रहरी उपरिक्षक गहरधन […]