पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

महेश यादव- परासी ,२० जेष्ठ ।पश्चिम नवलपरासीको परासीमा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।रामग्राम नगरपालिकाकाे परासीमा अवस्थित हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुपद्वारा नगरपालिका भित्रका पत्रकारहरुलाई मास्क , सेनिटाईजर लगाएतकाे स्वास्थ्य समाग्री वितरण गरिएको हाे ।

हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुप परासिमा अाबद्ध विभिन्न जिल्लाका सकृय युवाहरुले संकलन गरेको आर्थिक सहयोग बाट स्वाथ्य समाग्री हस्तान्तरण गरिएको हाे ।

काेराेना महामारीको विषय परिस्थितिमा जिल्लाका कुशल पत्रकारहरुले विभिन्न सुचना मार्फत अाम नागरिकहरुलाई सचेत गराईरहेका र अाफु जाेखिम माेल लिई जिल्लामा भईरहेकाे हरेक गतिविधिहरुकाे सुचना प्रभाव गरि मानिसहरुलाई सहयोग गरिरहेको ग्रुपका रामप्रसाद पाैडेलले बताए ।उहाँले विगतको समयदेखि नै गरिब तथा विपन्न परिवारहरुलाई राहत सामाग्री वितरण गर्दै अाएकाे बताउनुभयो ।

हस्तान्तरण कार्यक्रम बाेल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले काेराेना महामारीको विषय परिस्थितिमा पत्रकारहरुकाे स्वास्थ्य सुरक्षा लाई मध्यनजर गर्दै पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिदिएकाेमा हेल्पिङ्ग हैन्ड फेसबुक ग्रुपलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकाे उपाध्यक्ष मालति न्याैपाने , सचिव राजकुमार रेश्मी , पुर्व अध्यक्ष केसव पराजुली , रेडियो परासी का प्रबन्धक मेघराज गाैतम , रेडियो सेटलाइटका प्रबन्धक सन्जीब कोइराला पत्रकार सुरेश यादव , बिकास अधिकारी , माेहन पाैडेल लगायत पत्रकारहरुलाइ वितरण गरिएको थियोे ।

Related articles

रामग्रामका जेष्ठ नागरीकलाइ दैलाेमै उपचार सेवा

नवलपरासी, २१ माघ । नवलपरासीकाे रामग्राम नगरपालिकामा जेष्ठ नागरीक संग मेयर कार्यक्रम अन्र्तगको पालिका स्तरीय सरोकारवालाहरुसंग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रममा बोल्दै रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जेष्ठ नागरिकहरूलाइ दैलाेमै उपचार सेवा प्रदान गर्ने कार्यक्रम ल्याएकाे बताउनु भएकाे छ । नगर प्रमुख गुप्ताले, जेष्ठ नागरीकसंग मेयर कार्यक्रम संचालन […]

हिमचुलीको १२ अाैं साधारण सभा सम्पन्न

भैरहवा, १० कार्तिक । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भैरहवाको १२ औं साधारण सभा भैरहवामा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सहकारी क्षेत्रमा सबैको पहँुच आवश्यक रहेको बताए । उनले स्थानिय, प्रदेश र संघले सहकारी मैत्री निति बनाई सहकारी क्षेत्रमा सबैको पहुँच बढाउनमा जोड दिए । खाँणले […]