पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताले गरे एक कर्मचारीलाइ पचास हजार रुपैँयाले पुरस्कृत

परासी, १९ जेठ । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले आफूले पाउँदै आएको सुविधा वापतको रकमबाट एकजना कर्मचारीलाई पुरस्कृत गरेका छन् । गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफूले पाउँदै आएको सुविधा वापतको रकम मध्ये रु ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई पुरस्कृत गर्नुभएको हो।

पुरस्कृत हुनेमा गाउँपालिकामा विगत तीन वर्षदेखि विपद् व्यवस्थापन शाखामा सम्पर्क व्यक्तिको रुपमा कार्यरत प्रदीप कुमार तिवारी रहनुभएको छ । गाउँपालिका अध्यक्ष गुप्ताले आज उहाँलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै तिवारीको कार्यसम्पादनबाट प्रभावित भएर आफूले व्यक्तिगत रुपमा पुरस्कृत गरेको बताउनुभयो ।

सार्वजनिक विदामा तथा जुनसुकै समयमा पनि सेवामा निरन्तर खटिएर कार्यसम्पादन गरिरहनुभएकोले थप प्रोत्साहनका लागि पुरस्कृत गरेको अध्यक्ष गुप्ताले बताउनुभयो । अधिकांश समय फिल्डमै खटिएर जस्तो सुकै परिस्थितिमा पनि गाउँपालिका र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेकोले उक्त कार्यको उच्च मूल्याङ्कन गरेको उहाँले बताउनुभयो ।
अहिलेको कोरोना महामारीको सङ्कटमा पनि तिवारीको कार्यसम्पादन उत्कृष्ट रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो । गत वर्ष पनि अध्यक्ष गुप्ताले उहाँलाई एक थान मोबाईल सेट आफ्नो तर्फबाट प्रदान गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष गुप्ताले आफूले पाउँदै आएको सुविधा वापतको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । पुरस्कृत कर्मचारी तिवारीले पुरस्कृत हुन पाएकोमा आफूले गर्व महशुस गरेको बताउँदै थप जिम्मेवारी थपिएको बताउनुभयो ।
नागरिकलाई विपद्बाट जोगाउन, विपद्मा परेका नागरिक र क्षतिको तथ्याङ्क सङ्कलन लगायत गाउँपालिकाका अन्य कामहरु पनि बिदा समेत नभनी निरन्तर सम्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

Related articles

तिहारपछि सडक आन्दोलन गर्ने राजेन्द्र महतोको चेतावनी

जनकपुरधाम, २७ असाेज ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान समयमा देशको परिस्थिती जटिल बन्दै गएको बताएका छन् । शनिवार वडा दशैँ, दिपालवी र छठको अवसरमा प्रेस मञ्च नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले सरकारको काम गराईलाई दृष्टिगत गर्दै जनता असन्तुष्ट भईरहेको बताए । धनुषा जिल्लाको क्षेत्र नम्बर ४ का […]

मदरसा शिक्षा व्यवस्थापन समितिमा मौलानाहरुलाई पनि समावेश गराउनु पर्ने माग

परासी, ३ असोज । प्रदेश स्तरीय गठन हुने मदरसा शिक्षा व्यवस्थाप समितिमा मुस्लिम धर्मावलम्बीलाई (मौलाना शिक्षक) पनि प्रतिनिधित्व गराउनु पर्ने माग गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश ५ द्धारा, मदरसा शिक्षा व्यवस्थापन र शिक्षालाई गुणस्तरीय बनाउन गठन हुने व्यवस्थापन समितिमा मौलाना शिक्षकहरुको पनि प्रतिनिधित्व गराउनु पर्ने माग गरिएको हो । पश्चिम नवलपरासीमा बसेको प्रदेश […]