सनराईज बैंकद्धारा सुनवल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

0
599

परासी, १९ जेठ । सनराईज बैंक लिमिटेड सुनवल शाखाले सुनवल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । महामारीको रुपमा फैलिरहेको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि बैंकले एक लाखको उक्त सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

बैंकले नगर प्रमुख भीमबहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बैंकले पिपिई ५५ थान, के एन ९५ मास्क २०० थान, सर्जिकल ग्लब्स ४ प्याकेट, नर्मल ग्लब्स् ४ प्याकेट, सर्जिकल मास्क ५० प्याकेट, सेनिटाईजर १२ पिस हस्तान्तरण गरेको हो । नगर प्रमुख थापाले महामारीको समयमा पनि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here