प्रकाश न्यौपाने परासी, जेठ १९ । मानव अधिकार तथा शान्ति समाजको २६ औं स्थापनाको अवसरमा बर्दघाट नगरपालिकाले संचालन गरेको चिसापानी आओसोलेसनमा सहयोग गरेको छ ।
समाजका जिल्ला उपाध्यक्ष दिनेश न्यौपानेको नेतृत्वमा चिसापानीको आईसोलेसनमा रहेका कोभिड संक्रमित विरामीहरुका लागि प्रयोग हुने १७ वटा अक्सिजन सिलिन्डरको रिफिल गरि हस्तान्त्रण गरेको छ । अक्सिजन सिलिन्डर रिफिल गरि समाजका उपाध्यक्ष दिनेश न्यौपानेले चिसापानी आइसोलेसन संचालनमा खटिनु भएका बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलाई हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा शान्ति समाजका जिल्ला कोषाध्यक्ष प्रकाश कुमार बिक जिल्ला सह सचिब प्रकाश न्यौपाने, आइसोलेसनमा खटिनु भएका स्वास्थकार्मी लगायतको उपस्थिति रहेको छ ।