गृहबाहेकका ६ मन्त्रालय जसपालाई दिने सहमति, कुल ८ मन्त्री र २ राज्यमन्त्रीमा जसपा सहमत

काठमाडाै, १८ जेठ । अाठ मन्त्री र २ राज्यमन्त्री लिएर जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच सोमवार बालुवाटारमा भएको छलफलमा ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति जुटेको हो । ८ मध्ये ६ वटा पूर्व माओवादी खेमाका मन्त्रीहरू जिम्मेवारीविहीन भएपछि रिक्त भएका मन्त्रालय छन् । गृहमन्त्रालय भने जसपाले नपाउने भएको छ ।

बालुवाटार बैठकपछि ठाकुर र महतो खाना खान आ-आफ्नो निवास पुगेका छन् । ‘खाना खाएर आएपछि कुन–कुन नेतालाई कुन–कुन मन्त्रालय दिने भन्ने कुरामा सहमति हुन्छ,’ ती कार्यकारिणी सदस्यले भने, ‘१० जनामध्ये सबैको नाममा अहिले सहमति जुट्न नसके आज वा भोलिसम्ममा पहिलो लटमा ५ मन्त्रीसहित शपथ हुन सक्छ।’ बाँकी रहेका मन्त्री तथा राज्यमन्त्रीको नाममा टुंगो लागेपछि दोस्रो लटमा सपथ गराइने उनले बताए।

जसपाका ३२ सांसदमध्ये २० जना सांसदले ठाकुरलाई साथ दिएपछि १० जनालाई मात्र समेट्न सकिने हुनाले बाँकी १२ जना असन्तुष्ट हुने खतरा बढेको छ। ‘उपेन्द्रजीको साथ छाडेर आउनुभएका ५ जना सांसदमध्ये सबैले सरकारमा सहभागी हुन पाउनुपर्ने माग गरिरहनुभएको छ,’ उनले भने, ‘त्यसैले क-कसलाई समेट्ने भन्ने कुराले समस्या भएको छ।’

जसपाका एक कार्यकारिणी सदस्यका अनुसार अहिलेसम्म राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव र एकवाल मियालाई मन्त्री बनाउने पक्का भएको छ ।

त्यसैगरी रेणुका गुरुङ, चन्द्रकान्त चौधरीलाई राज्यमन्त्री दिने कुरामा छलफल चले पनि सहमति कायम हुन नसकेको उनले बताए। समानुपातिक, समावेशी सबै कुरा मिलाउन पर्ने हुनाले पनि नाम चयन गर्न समस्या भएको उनले बताए।

यसअघि जेठ ७ गतेदेखि थप सातवटा मन्त्रालय प्रधानमन्त्री ओली आफैँले सम्हाल्दै आएका छन् । गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय ओलीले सम्हालेका छन् ।

जेठ ६ गते सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म ती मन्त्रालयका मन्त्रीहरूलाई कुनै काम कारवाही नगर्नू/नगराउनू भन्ने आदेश दिएको थियो ।

सांसद नरहेका व्यक्तिहरू पटकपटक मन्त्री हुन नमिल्ने भन्दै उक्त आदेश भएको थियो ।आदेशपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई मन्त्रीका रूपमा काम गराइएको छैन।

याे सामाचार लाेकान्तरमा अजय अनुरागीले लेखेका छन्र ।

Related articles

नेपालमा देखियो कोरोना भाइरस,शंकास्पद बिरामी निगरानीमा

काठमाडौं, १० माघ । चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको जानकारी दिएको हो । चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका एक विद्यार्थीमा यो भाइरस देखिएको हो । उनको उपचारसमेत भइसकेको छ। बिहीबार उनको रिपोर्ट सार्वजिन भएको मन्त्रालयले जनाएको छ ।  उनी […]

उखुबारीमा आगलागी हुँदा २ कठ्ठा उखुखेती जलेर नष्ट

परासी, २९ फागुन । पश्चिमी नवलपरासीको सुस्ता गाउँपालिका २ कुडियाको एक उखु बारीमा आगलागी भएर २ कठा उखुखेती जलेर नष्ट भएको छ । उखु काटिसकिएको खेतमा झारपात फाल्न डढेलो लगाउँदा हवाले आगो फैलिदै नजिकको अर्काे उखुबारीमा आगो लागेर २ कठ्ठा उखु खेती जलेर नष्ट भएको हो । बुधबार दिउसो ३ बजेको समयमा खेतमा लागेको आगोलाई […]