आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट’

काठमाडाै, १८ जेठ । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो। तर, फेसबुक, ट्विटर, टिकटकलगायत सञ्जालमा राखिने कतिपय ‘पोस्ट’ले खिन्न मात्रै होइन आतंकित नै बनाउँछन्। शवको तस्बिर, अनेक अफवाहलगायत सामग्रीले पीडितलाई त पीडा थप्छ नै सद्देलाई पनि बिरामी बनाउँछ।

भक्तपुरको गठ्ठाघर बस्ने प्रवीण निरौला अहिले आफूलाई सामाजिक सञ्जालले मानसिक रूपमा कमजोर बनाएको बताउँछन्। मृतकका वीभत्स तस्बिर राखेर सामाजिक सञ्जाल भरिँदा सञ्चै रहेका आफन्तलाई थप पीडा दिने गरेको निरौलाको बुझाइ छ। 

‘फेसबुकको वाल हेर्नै मन लाग्दैन। कोरोना लागिहाले उपचार नपाएर मरिन्छ कि भनेरै अत्तालिन्छु। बच्चाहरूको खुब माया लागेर आउँछ’, उनी भन्छन्, ‘गलत सूचना र फोटोहरू पनि उत्तिकै सेयर भइरहेको हुन्छ। घरमा सामान्य खोकी लागे पनि कोरोनाले छोयो कि भनेर यसै बढी हुन्छ। औषधि लिन दौडिहाल्छु।’ मृतकको कारुणिक तस्बिर पोस्ट गर्ने प्रतिस्पर्धाजस्तै देखिएको छ।

कसले छिटो पोस्ट गर्ने भनेजस्तो गलत प्रवृत्तिको विकास भएको छ। हुन त मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्नु स्वाभाविकै हो। तर, सञ्जाल प्रयोगकर्ता संयमित नहुँदा आफन्त मात्रै होइन अरूलाई असर पर्ने तस्बिरसहितका पोस्टहरू भइरहेका छन्। जसले गर्दा अहिले सामाजिक सञ्जाल हेरिनसक्नु बनेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Related articles

पुर्ब गृहराज्य मन्त्री कंडेलद्वारा अमानिगन्ज र पृथ्वीआदर्श बस्ती जोड्ने पुल सिलन्यास

🔹जितेन्द्र गुप्ता-परासी, २२ पुस । पुर्ब गृहराज्य मन्त्री प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कंडेलले एक पुलको सिलान्यास गरेका छन। नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता कंडेलले नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वार्ड नं २ अमानिगंज गाउँ र पृथ्वी आदर्स बस्ति जोड्ने पुल सिलन्यास गरेका हुन। महेशपुर-परासी कालो पत्रे जोड्ने झरही खोला छेउ दसगजा सम्म तथा निर्माणाधीन सशस्त्र प्रहरी […]

कपिलबस्तुमा अबैध काठ बरामद

कपिलबस्तु, ७ पुष । कपिलबस्तु जिल्लाको इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरिक्षक नवीन पौडेल को नेतृत्वमा खटिएको टोलीले विभिन्न ठाउँबाट अबैध काठ बरामद गरेको छ। पुस ६ गते साझ विजयनगर गाउँपालिका वडा नं ५ पर्सोहियामा ५० क्यूफिट अबैध काठ सहित ट्रयाकटर बरामद गरेको छ। साथै शनिवार बिहान विजयनगर गाउँपालिका वडा नं ५ गेडुवाजोत मा भारतबाट […]