सरावल गाउँपालिकाद्धारा कोभिड-१९ व्यवस्थापनका लागि अस्पताललाई पाँच लाख सहयोग

0
481

परासी, १६ जेठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई रु पाँच लाख सहयोग हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, उपाध्यक्ष उत्तमा राय र प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले संयुक्त रुपमा अस्प्ताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनु भयाे ।

कार्यपालिकाबाट निर्णय गरी अस्पताललाई कोभिड व्यवस्थापनका लागि उक्त सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । अस्पतालमा हाल अधिकांश कोरोना संक्रमित बिरामी उपचारमा रहेको र सरावल गाउँपालिकाका बिरामी पनि सोही अस्पतालमा उपचाररत रहेकोले अस्पताललाई कोभिड व्यवस्थापनमा सहयोग गरेको उहाँले बताउनुभयो ।

अस्पतालमा एचडियु सेवा, अक्सिजन प्लान्ट, आईसियु तथा अन्य उपकरण खरिदका लागि संघीय सरकारबाट करिब रु ६ करोड र प्रदेश सरकारबाट पनि नियमित खर्च बापद रु पन्ध्र लाख प्राप्त भएकोले गाउँपालिकाबाट प्राप्त रकम पिसिआर मेसिन सञ्चालनका लागि खर्च गरिने अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

यसअघि रामग्राम नगरपालिकाले एचडियु सेवा सञ्चालनका लागि दिएको रु दश लाख पनि पिसिआर सञ्चालनमा खर्च गरिने उहाँले बताउनुभयो । पिसिआर मेसिन सञ्चालनका लागि अहिले सम्म विस लाख रुपैँया सुनिश्चित भएकोले अव टेन्डर मार्फत प्रक्रिया अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।@दैनिक २४ खबर डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here