महेशपुर, ५ जेठ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका- २ अमनिगन्जमा विद्दुतकाे तार शटभइ अागलागी हुँदा ३ लाख बराबरकाे क्षति भएकाे छ । अमानीगंजका नायक गुप्ताको गोठमा गएराति विद्युतको तार सट भएर आगलागी हुँदा ३ वटा गाइ जलेका छन जसमध्ये २ जलेर नषट भएका छन भने एउटा घाइते भइ उपचार भैरहेकाे गुप्ताले जानकारी दिएका छन्र ।
तार सटहुँदा नजिकै राखिएकाे भुसमा सल्केर गाेठभरि फैलिएकाे थियाे । अागाेले गाेठमा राखिएकाे पम्पसेट मेसिन, चारा मेसिन, पानी तान्ने डिलेबरी पाइप , भुस, दाउरा समेत जलेर तीन लाख बढीको क्षति भएको गुप्ताले जानकारी दिएका छन्र ।