परासी, ५ जेठ । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाईते भएको युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोला स्थित सिमामा सुरक्षार्थ खटिएको शसस्त्र प्रहरीका जवानले डिफेन्समा गोली चलाउँदा गोली लागेर जिल्लाकै प्रंतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिनु भयो ।
शसस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा (जाँघ) लागेर थियो । गोली लागेपछि मृतक राजभर गम्भीर घाईते भएका थिए उनको उपचार सहिद स्मृति अस्पताल चौपत्ता हनु नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो । घाईते राजभारलाई उपचारका लागि लैजादा बाटोमै मृत्यु भएको हस्पिटलका डाक्टरले बताएको प्रहरी नायब उपरिक्षक लामाले जानकारी दिनु भयो । अहिले देड बडि पोष्टमार्टमका लागि जिल्ला ल्याइदै छ ।
यसरी घटयो घटना
आज विहान साढे ९ बजेको समयमा प्रतापपुर गाउँपापालिका वडा ६ कठहवाँका २ जना युवाहरु भारत जान खोज्दा सिमामा खटिएको शसस्त्र प्रहरीले रोकेको थियो । भारत जान नपाएपछि ति दुईजना युवाहरु भनाभन गर्दै फर्कि गाउँबाट ५०÷६० जनालाई जुटाई शसस्त्र प्रहरी र अस्थायी पोष्ट माथि ढुंगामुढा गरि झडप गरेका थिए ।
स्थानिय र शसस्त्र प्रहरी बिचको झडप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड छितिरबितिर गर्न २ राउड हवाई फायर गरेको थियो जसम्धये एक गोली मृतक राजभरको खुट्टामा लागेको शसस्त्र प्रहरी बल नं. २६ गण हेडक्वाटरका गणपति शसस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानियको झडपले शसस्त्र प्रहरीका पनि ६ जना प्रहरी घाईते छन जसमध्ये शसस्त्र प्रहरी नायब निरिक्षक शंकर बुढाथोकीको टाउँमा गम्भीर चोट लागेको जानकारी दिनु भयो । कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सिमा बन्द गरेको छ । तर पनि सिमावर्ति क्षेत्रका केहि स्थानियहरु भारत आउत जाउत गर्दै आएका थिए ।
स्थानिय
यता स्थानिय प्रत्यक्ष दर्शीले दुबै पक्षको झडपमा खटिएका शसस्त्र प्रहरीहरुले ५ राउण्ड गोली प्रहार गरेका थिए । एउटा गोली मृतक राजभरको खुट्टामा लागेको जानकारी दिए । उक्त क्षेत्रमा खटिएको शसस्त्र प्रहरीले भारत जानमा रोक लगाएपनि विहान एक जना व्यक्ति अवैध नाका प्रयोग गरि भारत छिरेपछि ति दुईजना युवाहरु उसलाई जान दिने र मलाई किन नदिने भनि भनाभन गरेका थिए । शसस्त्र प्रहरी ति दुबै युवाबिच चर्काचर्की भएपछि ति दुबै युवाहरु गाउँगई ५०÷६० जनाको भिड लिएर आएर बादविवाद गरेपछि दुबै पक्षबिच झडप भएको स्थानियले जानकारी दिए ।
अहिले साे क्षेत्रमा थप झडप हुन सक्ने भनि शसस्त्र प्रहरीले डयुटी हटाएकाे छ ।