दाउन्नेको बाँसखोलामा बस खस्दा ४ जनाको मृत्यु ४९ जना घाईते

परासी, ५ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाईते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिकाको दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको र ४९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ बर्षिय कल्पना पुन र रकुम पुर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ बर्षिय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिनु भयो ।

दुर्घटनामा परि घाईतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाईतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाईतेहरुको बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाईते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ ।

Related articles

दुई फर्मविरुद्ध साढे २३ करोडको राजस्व छलीको मुद्दा

१२ माघ, काठमाडौं । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले गोरखा घर भई काठमाडौंमा व्यवसाय गर्ने रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जीव मास्केले १४ करोड ८७ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा […]

नवलपरासीको सुस्तामा पनि एक जना कोरोना पोजेटिभ

रबिन्द्र यादव- परासी, ७ जेठ। नवलपरासी पश्चिममा दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ५ बेलवानीका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिएका छन् ।यो सँगै नवलपरासी पश्चिममा कारोना संक्रमितको संङ्ख्या २ पुगेको हो । काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य […]