बैंकर्स क्लब परासीद्धारा प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

0
395

परासी, ३ जेष्ठ । बैंकर्स क्लब अफ परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । क्लबका अध्यक्ष प्रकाश भण्डारी नेतृत्वको बंैकर्स टोलीले उक्त स्वास्थ्य सामाग्रीहरु प्रशासन कार्यालय हस्तानत्रण गरेपछि प्रशासनले पुनः त्यो सामाग्रीहरु पृथ्वीचन्द्र अस्पताललाई हस्तान्त्रण गरेको हो ।

क्लबले प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्त्रण गरेको स्वास्थ्य सामाग्रीमा १० थान अक्सिजन, १० थान पिपिई सेट, १० थान मास्क, ५ थान ग्लोब्स्, २० थान फेस सिल्ड, २ ग्यालन सेनिटाई रहेको क्लबका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो । क्लबद्धारा हस्तान्त्रित स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले परासीका बैंकर्सहरु निकै समाजप्रतिको उत्तरदायि भएर सामाग्रीहरु सहयोग गरेको देखेर खुशी लागेको र आगामी दिनमा यस्तै खालको थप सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

यस क्लबमा परासीका सबै कमर्शियल बैंकका ब्रान्च म्यानेजर सहित बैंकका कर्मचारीहरु आवद्ध छन् । देशभरि नै अक्सिजन र स्वास्थ्य सामाग्रीहरुको अभाव भैरहेको बेला परासीका बैंकका कर्मचारीहरु सहयोगको भावनाले आफै–आफंैमा चन्दा उठाएर करिब एक लाख रूपैयाकाे स्वास्थ्य सामाग्रीहरु खरिद गरि प्रशासन कार्यालय मार्फत पृथ्वीचन्द्र अस्पताललाई हस्तान्त्रण गरिएको बैंक अफ काठमाण्डौका कर्मचारी जितेन्द्र अग्रहरीले जानकारी दिनु भयो ।

स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, क्लबका अध्यक्ष एवं नेपाल एसबिआई बैंक परासीका ब्रान्च म्यानेजर प्रकाश भण्डारी, सनराई बैंक लिमिटेड परासीका बिएम सुनिल ज्ञवाली, बैंक अफ काठमाण्डौ परासीका बिएम मदन गौतम, एनएमबी बैंक परासीका बिएम अर्जुन ज्ञवाली, बैंक अफ काठमाण्डौका कर्मचारी जितेन्द्र अग्रहरी समाजसेवी बुद्धन अलिको उपस्थिती रहेको थियो ।

पटक पटक पृथ्वीचन्द्र अस्पतालमा अक्सिजनको सहित केहि स्वास्थ्य सामाग्रीहरुको अभाव सुनिरहदा परासीका बैंकका कर्मचारीहरुले आफैमा रकम उठाई पहिलो चरणमा यो सहयोग गरेको र अगामी दिनमा थप सहयोग गर्ने क्लबका अध्यक्ष भण्डारीले प्रतिबद्धता जाहेर गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here