पर्वसी, २ जेठ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ।
शर्माका बुवा गङ्गाधर चापागाईको शनिबार दिउँसो पुर्वीनवलपरासीको कावासोती नगरपालिका-स्थित आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको हो।उहा केही समय यता दम रोगले ग्रसित हुनुहुन्थ्यो।
प्रेस युनियन नवलपरासीको पुर्व अध्यक्ष,पत्रकार महासंघ नवलपरासीको पुर्व अध्यक्ष को जिम्मेवारी सम्हालिसक्नु भएका पत्रकार शर्मा हाल गणडगि प्रदेशको अध्यक्ष समेत हुनुहुन्छ।पुर्वी नवलपरासीमा रहेर बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनु भएका शर्मा कान्तिपुर दैनिकमा आबद्ध रहनु भएको छ।
शर्मालाई परेको यस शोकको घडिमा विभिन्न संघसस्था,सन्चार जगत र आम शुभचिन्तकले समबेदना प्रकट गरेका छन।