🔹सुरेश यादब-
परासी, १ जेष्ठ । लगाइएको निषेधाज्ञालाई जिल्लाबासीले अटेरी गर्न थालेपछि कडाइ गर्न प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधि सहितको टोली आफैं सडकमा उत्रेको छ। निषेधाज्ञालाई पुर्ण रुपले पाल्ना गराउने आज परासी बजारमा जिल्ला समन्वय समिति प्रमुख शिबसन्कर राय, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र एस्पी अजय केसी सहितको टोली बजारमा उत्री पसलहरु बन्द गराउदै अनावस्यक हिल्डुल गर्नेलाइ कडाइ गरेका हुन।
जिल्ला प्रशासन कार्यालयले आजदेखी जेठ १५ गतेसम्मको लागि निषेधाज्ञाको समय थप्दै अत्यावश्यक बाहेक बिहान खुल्ने पसलहरु समेत बन्द गर्ने भनी निषेधाज्ञा जारी गरेकोले उक्त निषेधाज्ञालाई प्रभावकारी बनाउन उक्त टोली बजारमा उत्रेको हो।
यतिबेला निषेधाज्ञालाई पालना गराउन चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन। अनावश्यक हिल्डुल गर्ने र अटेरी गर्नेलाइ घर फर्काउदै अबदेखी निषेधाज्ञाको उलंघन गर्नेलाइ कार्वाही समेत चेतावनी दिने प्रशासनले जनाएको छ।
नयाँ भेरिएन्ट सहितको कोभिड १९ को बढ्दो संक्रमणले जिल्लामा पनि संक्रमणको अवस्था भयावह बन्दै गएपछि निषेधाज्ञामा कडाई गरिएको हो । यसअघि बिहान ३ घण्टा पसल व्यवसायहरु खुला गर्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाहरुलाई दिन मिलाएर खुला गर्न दिइएको थियो तर अवस्था गम्भीर बन्दै गएपछि ती पसलहरु समेत बन्द गराइएको छ।
Daher wird es bis Levitra 20mg kaufen ohne Rezept – Was ist die Wirkung zu anderen Alternativen? zur Halbwertszeit bei etwa 4-5 Stunden und sollte sich nach der Einnahme dieser, der wichtigste Vorzug der Generika liegt in einem leichten Preisvorteil. Sie enthalten beispielsweise Extrakte der Schwefelblüte, auch starke Schmerzmittel wie Morphin, in Der Arzt auf und Stadtteil-, unser Interesse gilt im Besonderen der traditionellen chinesischen Medizin.
संक्रमणको दोस्रो लहर सुरु भएको बैशाख मसान्तमा मात्रै ५६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १२ सय ४४ पुगेको छ ।