रामग्राम नगरपालिकामा २० बेडको आईसाेलेशन सेन्टर संचालन

0
416

गौरीशंकर जयसवाल

परासी , २३  वैशाख । पश्चिम  नवलपरासीमा नयाँ भेरियन्टसहितको काेराेना भाईरस सक्रमित बढन् थालेपिछ  रामग्राम नगरपालिकाले आइशोलेसन सेन्टर संचालनमा ल्याएकाे छ । नवलपरासीमा काेराेना सक्रमण बढदै गएपछि  रामग्राम  नगरपालिकाले विहिवार देखि २० वेडको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हाे ।रामग्राम नगरपालिकाकाे वडा न ४ जितपुरमा अवस्थित पाल्हि क्याम्पसकाे भवनमा बीस बेडको आईसाेलेसन सेन्टर संचालनमा  ल्याईएकाे रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थिले जानकारी दिनुभयो ।

उक्त अाइशाेलेशन सेन्टर नगरपालिकाका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरि सञ्चालनमा ल्याईएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयाे । उक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि अस्पतालको चाप कम हुने र वेड अभावमा ज्यान गुमाउने अवस्था कम हुने बिश्ववास  नगर प्रमुख गुप्ताले व्यक्त गर्नुभयो । 

आइसोलेसनले बेड नपाएर छटपटाईरहेका बिरामीलाई राहात पुग्ने जनाउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफुहरु दिनरात खटिएको नगरप्रमुख गुप्ताले जानकारी दिनुभयो।रामग्राम नगरपालिकाले नियमित रूपमा क्याम्पसमा पिसिआसर परीक्षण र कन्ट्याक्ट ट्रेसिडग पनि गरिरहेकाे बताउदै  यसले पनि सक्रमण समुदास्तरमा फैलिन राेकथाम र नियन्त्रण हुने बताउनुभयो।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङक्रमण पश्चिम नवलपरासीमा बढ्दै जादा निषेधाज्ञा गरिएको र त्यसको पालना गरि स्वास्थ्य सतर्कता अपनाउन नगरबासिहरूलाई  नगरपालिका नगरप्रमुख गुप्ताले आग्रह गर्नुभएको छ।

काेराेना संक्रमण बढ्दै जादा नगरपालिका भित्र रहेको सम्पूर्ण पसल र हाटबजार लगायत अन्य भिडभाड हुने ठाँउमा राेक लगाउनुका साथै तरकारी, फलफूल, खाद्यन्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री विक्री वितरण गर्ने पसल प्रत्येक दिन विहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न जिल्ला प्रशासनले जारि गरिएको सुचानामा भनिएको हुदा सोही  पालना गरि स्वास्थ्य सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै नगरपालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा नगरपालिका भित्र बसाेबास गर्ने सम्पूर्ण नगर बासिलाई स्वास्थ्य सतर्कता अपनाई अति आवश्यक  काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न नगरप्रमुख गुप्ताले अनुरोध गर्नुभयो ।

यस्तै विवाह, व्रतबन्ध जस्ता कार्यक्रमहरु १५ जना भन्दा बढी उपस्थीती नगराई तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरेर सो कार्य गर्न जिल्ला प्रशासनले जारि गरिएको सूचनामा उल्लेख गरिएको र साेकाे पालाना गरि काेराेना भाईरस बाट वच्न र अरुलाई बचाउनमा सहयोग गर्न नगरबासिहरूबाट साथ सहयोग काे अपेक्षा समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here