सरावल गाउँपालिकामा अक्सिजन सहित ५ बेडकाे आइसोलेशन सेन्टर

0
279

परासी ,२३ बैशाख । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि सरावल गाउँपालिकाले ५ शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष सरावलको वडा न.५ धनगडवामा तयार गरेको हो ।

कोरोना महामारीको अस्थामा देशमा रहेका अस्पतालहरुमा बेडको अभाव भएको र कतैपयले त उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै अक्सिजन सहितको ५ शैयाको आइसोलेशन कक्ष तयार गरिएको पालिका अध्यक्ष राधेश्याम चाैधरीले बताएका छन । पालिकाले तयार गरेको आइसोलेशन कक्षमा मेडिकल टिम सहित आवश्यक पर्ने अक्सिजन,अन्य स्वास्थ्य सामग्री तथा औषधीको पनि ब्यवस्था गरिएको सरावल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलले राष्ट्रिय दैनिकलाई बताए ।

पालिका अध्यक्ष चाैधरीले सरावलमा कोरोनाको संक्रमितबाट सामन्य अवस्थामा रहेका ब्यक्तिहरुलाई होम आइसोलेशनमा राख्ने र अवस्था केही गम्भिंर हुन थालेपछि पालिकाले निर्माण गरेको अक्सिजन सहितको आइसोलेशन कक्षबाट उपचार गरिने बताउनु भएको हाे। साथै पालिका उपाध्यक्ष उत्तमा रायले अति आवश्यक काम बाहेक अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र पालिका भित्रमा कुनै किसिमको भिडभाड नगर्न र कोरोना भाइरसबाट बच्नका लागी स्वास्थ्य मापदण्ड पालना गरि सचेत रहन पालिकाबासीहरुलाई आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here