यातायात कर्यालयको सेवा केन्द्र नवलपरासीमा स्थापना गर्न माग

परासी, १९ चैत्र । उद्योग बाणिज्य संघ नवलपरासीले पश्चिम नवलपरासीमा यातायात व्यावस्था कार्यालयको सेवा केन्द्र यथासिघ्र स्थापना गर्न लुम्विनी प्र्रदेश भौतिक विकास मन्त्रालय संग माग गरेको छ । महेशपुर भन्सार संचालन भैरहेको अवस्थामा सवारी साधनको चाप अत्याधिक वढ्दै गइरहेको भन्दै सवारी साधन नविकरण, जाँच पास, पर्मिट , राजश्व कर वुझ्ने, लागाएतका कार्य सम्पादन हुने गरि यातायात व्यावस्था कार्यालय संचालनको लागी अनुरोध गरेको संघले जनाएको छ ।

पश्चिम नवलपरासीमा यातयात व्यावस्था कार्यालय सेवा केन्द्रको स्थापना गरि उद्योगी व्यावसायीहरुलाई यातायात सम्वन्धि कामको लागी बुटवल धाउनुपर्ने अवस्थाको अन्त्यका लागी प्रदेश सरकार भौतिक विकास मन्त्रालय संग माग गरेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केवश भण्डारीको भनाई छ ।

यता प्रदेश सरकारले पनि लुम्विनी प्रदेशका दुई जिल्ला नवलपरासी र कपिलवस्तुमा यातायात व्यवस्था कर्यालयको सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको जनाएको छ । खास गरि कर्मचारीको दरवन्धी सृजना नहुन्जेल सेवा केन्द्र संचालन गर्न नसकिने भन्दै गत बर्ष देखि प्रक्रिया अगाडि बढाएको र यो बर्ष मुख्य मन्त्रिको कार्यालयबाट पारित हुने र आगामि बर्ष नवलपरासीमा कार्यालय स्थापना हुने लुम्विनी प्रदेशका भौतिक पुर्वधार मन्त्रि वैजनाथ चौधरीको भनाई छ ।

सो अवसरमा संघले पश्चिम नवलपरासीको उद्योग व्यावसायको विकास एंव पर्यटन प्रवद्र्धनमा ठुलो मद्दत पुग्ने भन्दै महेशपुर देखि सदरमुकाम परासी–सुनवल –महलपोखरी – गोठादी– कालिगण्डकी ड्राईभर्सन हुदै पोखरा सम्मको सडक विस्तारको लागी समेत अनुरोध गरेको संघका अध्यक्ष केशवर भंडारीले जानकारी दिनु भयाे ।

Related articles

आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन

काठमाडौँ, १५ असाेज । आजदेखि काठमाडौँ उपत्यकालगायत देशभर सहुलियत मूल्य पसल सञ्चालन हुँदैछ । सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।  यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा र देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका […]

नवलपरासीमा ३ दिने फोटो पत्रकारीता तालिम शुरु

परासी, २० फागुन। नवलपरासीमा ३ दिने पत्रकार क्षमता अभिबृद्वी एव फोटो पत्रकारीता तालिम संचालन भएको छ। सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा शुरु भएको हो। महासंघका अध्यक्ष हरी शर्माको अध्यक्षतामा शुरु भएको तालिमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एव नगर प्रमुख भिम बहादुर थापाले कार्यक्रमको उद्घाटन गरेका हुन। तालिममा जिल्ला कृयक्शील […]