अग्नि पीडितलाई २० जनालाई सहयोग

🔹प्रकाश न्यौपाने-
परासी, चैत्र १३ गते। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वाड नम्बर ४ मा रहेका अग्नि पीडित घर परिवारका २० जनालाई आज एक कार्यक्रमका बिच राहत समाग्री बितरण गरिएको छ ।
प्रतापपुर गाउपालिकाका प्रमुख कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको विशेष पहलमा नमुना एकीकृत बिकास परिषद भैरहवाबाट प्राप्त सहयोग सामग्री समेत अग्नि पीडितलाइ हस्तान्तरण गरिएको छ । तत्कालै आवस्यक पर्ने २ वटा कम्बल, खाना पकाउने भाडा, बाल्टी, साडी बुलाउज लगायतका समाग्री बितरण गरिएको हो ।

अग्नि पीडितलाई प्रतापपुर गाउपालिकाले प्रती घर परिवार १० हजारका दरले वार्ड नम्बर २ र ४ मा गरि ४ घर परिवारलाई ४० हजार रुपैयाँ प्रदान गरिसकेको छ । भने बिहिबार नै गाउपालिका अध्यक्ष चौधरी आफ्नो व्यक्तिगत रुपमा अग्नि पीडित घर परिवारहरुलाई ५ हजार बराबरको खाधान्न प्रदान गर्नु भएको थियो ।

Related articles

भुजहवाँमा ठुलो ताजिया मेला लाग्ने : ताजिया निर्माण तयारी तिब्र

परासी, १० भदौ । नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवाँमा यसवर्ष पनि ठुलो ताजिया मेला लाग्ने भएको छ । मुस्लिम समुदायको महान पर्व मोर्रमको ताजिया मेला गतवर्ष जस्तै यसबर्ष पनि भुजहवाँमा ठुलो ताजिया मेला लगाईने भइएको छ । ५० फिट उचाई र २५ फिट चौडाइमा रहने उक्त ताजिया भारतको देवा शरिफको नक्शामा निर्माण कार्य भैरहेको ताजिया […]

नवलपरासीमा प्रहरी द्वारा ६६ हजारको चल्ला नष्ट

नवलपरासीमा प्रहरी द्वारा ६६ हजार रुपैया बराबरको कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। मंलवार बिहान सुस्ता गाउँपालिका वडा नं. २ कुडियामा भारतबाट अबैध रुपमा ल्याउदै गरेको १ हजार ३२० गोटा कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए । नियन्त्रणमा लिएको चल्ला पशुक्वाराईटाईन,स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट […]