जनकल्याण आमा समुहले आफनै लगानीमा बनायो महिला भवन : मेयर भरत थापाद्धारा ३३ हजारको निर्माण सामाग्री सहयोग

सुनवल, १२ चैत । सुनवल नगरपालिका २ नयाँबस्तीमा रहेको जनकल्याण आमा समुहको नवनिर्मित भवन एक कार्यक्रम बिच नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले उद्दघाटन गर्नु भएको छ । समुहकि अध्यक्ष नरमाया पौडेलको अध्यक्षतामा सोमबार भएको भवन उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापाले रिबन काटेर भवनको उद्दघाटन गर्दै भवनको निरिक्षण समेत गर्नु भयो ।

सामाजिक क्षेत्रमा क्रियाशिल भएर सामाजिक कार्य गर्दै आएको उक्त आमा समुहले आफनो समुहको व्यक्तिगत लगानीमा उक्त एकतल्ले पक्कि भवन निर्माण गरेको छ । निर्मित भवन १० लाख रुपैया लागतमा सम्पन्न भएको छ । भवनमा एक हल २ वटा कोठा र शौचालय रहेको समुहकि उपाध्यक्ष रिना खत्रीले जानकारी दिनु भयो ।

उक्त भवन निर्माणका लागि नगर प्रमुख भिम बहादुर थापाले व्यक्तिगत ३३ हजार रुपैया बराबरको ईट्टा सहयोग गर्नु भएको छ । त्यस्तै वाईपी हार्डवेयर एण्ड मल्टि सप्लायरले पनि २७ हजारको ईट्टा र १३ हजारको बालुवा र पेन्ट सहयोग गरेको हार्डवेयरका संचालक यज्ञ प्रसाद पौडेलले जानकारी दिनु भयो ।

भवन उद्दघाटन कार्यक्रममा आमा समुहले भवन निर्माणमा आर्थिक तथा सामाग्री सहयोग गर्ने नगर प्रमुख थपा र हार्डयरका संचालक पौडेललाई सम्मान समेत गरेको थियो । यो आमा समुहमा सामाजमा हुने कुरुति र विसंगतीलाई न्युनिकरण गर्न जनचेतना मुलक कार्यक्रम गर्ने, स–साना विवादलाई मेलमिलाप गराउने, गरिब असहाय परिवारलाई सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापाले यस आमा समुहको क्रियाशिलता र समाजप्रति लगाव देखेर सामाजिक कार्यमा खटिने आमा समुहलाई नगरपालिकाबाट भरपुर सहयोग हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा समुहकि अध्यक्ष नरमाया पौडेल, अतिथि एवं वडा २ का अध्यक्ष राजेन्द्र यादव, महिला वडा सदस्य दुर्गा कोईराला, दलित महिला वडा सदस्य लक्ष्मी हरिजन, वडा सदस्य सावित्री बस्नेत, हार्डवयेरका संचालक यज्ञ प्रसाद पौडेल, समुहकि उपाध्यक्ष रिना खत्री, स्थानिय मन्दिर समितिका अध्यक्ष गोविन्द क्षेत्री लगायले शुभकामना मन्तब्य राखे ।

Related articles

रामग्राम नगरपालिका वडा ६ मा पनि विपन्न श्रमिकहरुलाई राहत वितरण

परासी, १६ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा ६ ले पनि आफनो वडाका गरिबविपन्न तथा श्रमिकहरुलाई राहत वितरण गरेको छ । वडा कार्यालयले देश लकडाउनका बेला ज्याला मजदुरी गरि खाने गरिबविपन्न श्रमिकहरु भोकै बस्न नपरोस भनि वडाले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो । वडामा रहेको १०० जना लक्षितश्रमिक वर्गहरुलाई सामाजिक दुरी कायम […]

सुनवल मा ३ महिने आधारभुत कम्प्युटर तालिम संचालन

सुनवल, २५ चैत । महाकवि देवकोटा क्याम्पस सुनवल ४ रम्मापुरमा आज ३ महिने आधारभुत कम्प्युटर तालिमको सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले एक कार्यक्रमका बिच  समुद्घाटन गर्नुभएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोग र क्याम्पसको आयोजनामा सो कम्पुटर तालिम संचालन गरिएको हो । नगरप्रमुख थापाले कम्प्युटर तालिमको उद्धघाटनका साथै क्यालेन्डर प्रर्दशन गरेर शैक्षिक क्यालेन्डर २०७६ को समेत […]