बर्दघाट, १२ चैत्र । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पचपेडामा ४ वटा घरमा आगलागी भएको छ । साेमबार दिउसो २ बजेर ४५ मिनेटको समयमा उमेश राजभरको घरमा आगलागि भएको हो । उमेशका छोरा बर्ष ३ का राहोन राजभरको कपाल मुण्डन कार्य भएको र सोही कार्यमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भएपछि घरमा आगलागि भएको हो ।
आगलागि भएको केहि समयमा ग्याँस सिलिण्डर विस्फोट समेत भएको थियो । आगो छिमेकमै रहेका राजकुमार राजभर, रविन्द्र राजभर र सदाले राजभरको घरमा सल्किएको थियो । आगलागि बाट ४ वटा घर पुर्ण रुपमा जलेको छ । मानविय क्षति भने भएको छैन ।
आगलागि हुनासाथ रामग्राम नगरपालिकामा रहेको दम्कल बोलाईए पनि बाटो साँघुरो भएका कारण आगलागि भएको स्थल सम्म पुग्न सकेन । आगोलाई स्थानिय र सुरक्षाकर्मीको सहायतामा ३ बजेर ४५ मिनेटको समयमा नियन्त्रणमा लिएका थिए ।
आगलागि बाट घर भित्र रहेका सबै सामान, नगद समेत जलेर नष्ट भएको छ । राजकुमार भरले आफ्नी छोरीको विदाईका लागि शुलक्ष सहकारी संस्था भुजहवा बाट ऋण स्वरुप लिएको पैसा र विस्तरा, तत्ताकपडा र पलङ्ग समेत जलेर नष्ट भएको हाम्रा महेषपुर सहकर्मी धु्रव बानीयाले जानकारी दिनुभएको छ । साभार दाैतरी एफएम