पाल्हीनन्दनकाे बैरवाँमा कुबेर बचत ऋण सहकारीकाे सेवा केन्द्र स्थापना

परासी, १२ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गा•पा वडा नं ४,वैरवामा कुबेर बचत तथा ऋण सहकारी संस्था लि•को पहिलो सेवा केन्द्र स्थापना भएको छ। वि.सं २०७१ सालमा स्थापना भएको कुबेर बचत तथा ऋण सहकारी संस्था को कुल कारोबार रकम बाह्र करोड़ रूपैयाँ नाघिसकेकोले विभिन्न शाखा को स्थापना गरि ग्रामीण क्षेत्रमा थप सेवा प्रदान गर्ने उद्देश्यले एक कार्यक्रम गरि पहिलो सेवा केंद्र को स्थापना भएको छ।

यो संस्थाको प्रमुख कार्यालय सरावल गा•पा को वडा नं ६ ,भुजहवामा रहे पनि अन्य स्थानिय निकायमा पनि सेवा प्रवाह गरि संस्थालाई जिल्लाकै उच्च स्तरको सहकारी संस्थाको रुपमा परिणत गर्ने लक्ष्य रहेको संस्थाका संचालक समिति अध्यक्ष योगेंद्र प्रसाद बनियाले जानकारी दिनुभयो।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पाल्हीनन्दन गा•पा अध्यक्ष बैजु प्रसाद गुप्ताले रातो रिबन काटी तथा दिप प्रज्वलन गरि कार्यालय को शुभारम्भ गर्दै संस्था आफ्नो स्थानियमा सेवा गर्ने भएकोले संस्थालाई धन्यबाद दिदै अन्य सामाजिक क्षेत्रमा पनि जोड़ दिने भनेर आग्रह गरेका छन ।

कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष संजय पाठक, वडा नं ३ का वडा अध्यक्ष गोधन हरिजन,जनता समाजवादी पार्टीका जिल्ला सह-सचिव महेंद्र गुप्ता लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम संस्थाका उपाध्यक्ष संतोष कुमार बरै ले संचालन गरेको भनेर संस्थाका केंद्रीय प्रमुख लक्ष्मण कोइरीले जानकारी दिये ।

Related articles

भारी बर्षाले सरावल र पाल्हिनन्दनका केही वडाहरु जलमग्न : दर्जन बढी घर डुबान

🔹उमेश बि.क- परासी ,२९ असार। लगातार तीन दिनदेखि परेको झरीले नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ ,६, ७ र पाल्हीनन्दन गाउँपालिका–१, शंकरपुर जलमग्न भएका छन् । वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् ।निरन्तर अबिरल बर्षाकाे कारणले गर्दा २ दिनदेखि जलमग्न हुदा स्थानीयलाई सास्ती भाेग्न परेको छ । बर्षाकाे कारणले गर्दा सरावलकाे वडा नं. […]

भारत-नेपाल मैत्री पत्रकार संघदारा ठुठीबारीमाअन्तरक्रिया कार्यक्रम सम्पन्न

महेसपुर,२९ मंसिर । भारत नेपाल मैत्री पत्रकार सघकाे अायाेजनामा अन्तरक्रिया एव बिचार गाेष्ठी अाज भारतकाे ठुठिबारीमा सम्पन्न भएकाे छ । सिमा क्षेत्रमा भईरहेकाे मानव तस्करी ,लागुपदार्थ अाेसारपसार तथा बिभिन्न समस्यालाई मध्य नजर गर्दै नेपाल र भारतका पत्रकार ,सुरक्षाकर्मी ,तथा स्थानियय ब्यापारीहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएकाे संस्थाका बरिस्ठ उपाध्यक्ष पुरुषत्ताेम सुबेदिले जानकारी दिनुभएको छ। भारत नेपाल मैत्री पत्रकार […]