बिश्व क्षयरोग दिवसमा पत्रकारहरुसङ अन्तरकृया

परासी, ११ चैत। “संकेत समयको, क्षयरोग अन्त्यको” भन्ने मुलनाराका साथ बिश्व क्षयरोग दिवस २४ मार्च संचारकर्मीहरु सङ अन्तरकृया कार्यक्रम गरि मनाइएको छ। जिल्ला स्वास्थय कार्यालय नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा उक्त दिवस अन्तरकृया कार्यक्रम गरि भुमहीमा सम्पन्न गरिएको हो।

कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोख्रेलले क्षयरोग सम्बन्धि बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको छ। कार्यक्रममा, क्षयरोग स्वासप्रस्वाश मार्फत सर्ने सरुवा रोग हो । यसको मुख्य लक्षण खोकी लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुने, छाती दुख्नु, खान मन नलाग्नु, तौल घट्नु रहेको छ। क्षयरोग ८० प्रतिशत फोक्सोमा र २० प्रतिशत शरीरको अरु अङ्गमा लाग्ने गरेको निमित्त प्रमुख पोख्रेलले जानकारी दिनु भयो। परस्तुत प्रतिबेदनमा चालू आर्थिक बर्षको माघ महिना सम्म २५६ वटा क्षयरोगको केस पत्ता लागेको देखिएको छ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला पृथ्वीचन्द अस्पताल नवलपरासीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुलहोदाले क्षयरोग सरुवा रोग रहेकले यसबाट जोगिन ब्यापाक सावधानी अप्नाउनु पर्ने सुझाव दिनु भयो।

डाक्टर होदाले क्षयरोग लागेको ब्यक्तिले सिघ्र अस्पतालमा सम्पर्क गरि उपचार सेवा लिन आग्रह गर्दै यो रोग शरीरको जुनसुकै अङ्गना लाग्ना सक्ने र सामान्री खालको क्षयरोग नियमित रुपमा ६ महिनासम्म औषधि खाए निको हुने जानकारी दिनु भयो। कार्यक्रममा पत्रकारहरुले विभिन्न जिज्ञासा् राखेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, स्वास्थय कार्यालयका कर्मचारी नारायण भट्टराई लगायतले मन्तव्य राख्नु भयो।

Related articles

नवलपरासीको बर्दघाटमा मदन भण्डारी बौद्धिक मञ्चद्धारा एकताको खबरदारी जुलुस प्रर्दशन

परासी १९ असार ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाईदैन भन्दै पश्चिम नवलपरासीको बर्दघाटमा मदन भण्डारी बौद्धिक मञ्च नवलपरासीले खबदारी जुलुस गरेको छ । बैदेशिक हस्तक्षेप बन्द गरौ राष्टिय एकता कायम गरौ, फेर्नु पर्छ देशको चाडै मुहार पाँच बर्ष स्थिर सरकार सहित प्लेकार्ड सहित खबरदारी जुलुस गरेका थिए । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष […]

रकेट चुल्हाे बनाउने तालिम सम्पन्न

परासी ,४ चैत । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकिटोलमा अाज एक दिने रकेट चुल्हाे बनाउने तालिम सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ८ का दलित र अति बिपन्न परिवारका सदस्यलाई साे तालिम प्रदान गरिएको हाे। युनाइटेड मिसन टु नेपालद्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत फटकिटोलका ३० जना महिलाहरूलाई रकेट चुल्हाे […]