रामग्राम नगरपालिको शहरीक्षेत्र विकासका लागि ६२ करोड २२ लाख रुपैया अनुदान

0
589

परासी, १० चैत्र । शहरी क्षेत्र विकासका लागि रामग्राम नगरपालिकाले ६२ करोड २२ लाख रुपैया अनुदान रकम पाउने भएकोे छ । नवलपरासीको रामग्राम नगरक्षेत्रको शहरी क्षेत्रमा भौतिक पुर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ६२ करोड २२ लाख रुपैया बजेट अनुदानमा दिने भएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरुलाई व्यस्थित गर्न भौतिक पुर्वाधार विकासमा उक्त बजेट खर्च गरिने नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनु भयो ।

नगर प्रमुख गुप्ताले, ढाई बर्षको प्रयासपछि गत फागुन २१ गते उक्त एनयुजी आईपी परियोजना कार्यान्वयका लागि रामग्राम नगरपालिका र शहरी विकास विभाग बिच सम्झौता भै प्रक्रिया अगाडी बढिरहेकोे पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

नेपाल सरकारले सहरी क्षेत्रको विकासका लागि विश्व बंैकबाट सहुलियत ब्याजदरमा लिएको ऋणलाई स्थानिय तहको सहरी क्षेत्रमा विकास गर्न नेपाल शहरी सासकिय भौतिकपुर्वाधार विकास परियोजना लागु गरेको छ जसमा रामग्राम नगरपालिका पनि छनौटमा परि उक्त अनुदान रकम पाउने भएको हो । देशका विभिन्न १७ पालिकामा लागु हुने यस परियोजनाको निगरानी गर्न र सम्पुर्ण प्रकृया अगाडी बढाउन शहरी विभागमा एकछुट्टै युनिट पनि खडा गरिएको छ ।

नगरपालिकाले उक्त प्रांप्त अनुदान बजेट नगरभित्रका सडक संजाल र फोहोर व्यवस्थापन खर्च गर्ने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो । परियोजना सम्झौता भएदेखि ५ बर्षको भित्र उक्त परियोजना सम्पन्न गर्नु पर्ने छ । नगरपालिकाले यसै आर्थिक बर्षमै कुन क्षेत्रमा कस्तो कस्तो योजनामा काम गर्ने सोको छनौट गरि डिपिआर गरि ठेक्का प्रक्रिया समेत अगाडी बढाउने योजनामा रहेको नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो ।

यसको लागि नगरपालिकाले छिटै कन्सल्टेन्ट नियुक्त गरि योजनाको डिजाईन, लागत स्टिमेट, टेण्डर र सुपरिभिजन लगायतका कार्यमा तिब्रता दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनु भयो ।यस परियोजनालाई गुणस्तरीय रुपमा समयमा सम्पन्न गराउन नगरपालिकाले पनि प्राविधिक सहितको एक युनिट खडा गर्नेछ जसले योजनाको नियमित अनुगमन गर्ने र प्राविधिक सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनु भयो ।

यस परियोजनाले नगरपालिकाको विकासमा व्यापक फडको मार्ने छ । यस अनुदान बजेटबाट बन्ने सडक लगायतका पुर्वाधारले यहाँका जनताहरु प्रत्यक्ष फाइदा लिने छन् । यसले नगरक्षेत्रलाई थप शहरीकरण र बजारीकरण गर्ने नगरपालिकाले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here