प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि र पत्रकार बीच अन्तरकृया

0
549

बेलाटारी, १० चैत्र। नवलपरासीको प्रतापपुर गाउँपालिकाको बिकास निर्माण बिषयमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको आर्थिक सहयोगमा उक्त अन्तरकृया कार्यक्रम गोपिगन्जमा सम्पन्न भएको हो

महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि र जिल्लाका पत्रकारहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका क्षेत्रभित्र भै रहेको बिकास निर्माण र गाउँपालिकाको संस्थागत सुधार, शुसासन, सेवा प्रवाह, नागरिक सुनुवाइ र सामाजिक लेखापरीक्षणका बिषयमा छलफल भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीले उठेका जिज्ञासा् मेट्दै पालिकामा आर्थिक शुसासन कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो।

कावा अध्यक्ष चौधरले पालिकाको योजना छनौटमा जनताले बढी लाभ लिने ठोस प्राथमिकताका योजनालाई प्राथमिकता दिने र सोको निर्माणमा गुणस्तरको ध्यान दिन नियमित अनुगमन गर्दै हुने सम्भावित भ्रष्टाचारलाई रोक्ने बिश्वास ब्यक्त गर्नु भयो। कार्यक्रम भौतिक पुर्वाधारलाइ मात्र फोकस नगरी कृषि, स्वास्थय, शिक्षा र सामाजिक क्षेत्रमा आवस्यक लगानी गरि यहाँका जनतालाइ छिटो र दुरुस्त सेवा प्रदान गर्ने जानकारी दिनु भयो।

कार्यक्रममा विशेष अतिथी प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले गाउँपालिका कार्यालयको कामकारबाही चुस्तदुरुस्त बनाउदै जनतालाई छिटोछरितो सेवा प्रदान गर्न महत्त्वपूर्ण भुमिका खेल्ले बिश्वास व्यक्त गर्नु भयो।

गाउँपालिकामा कर्मचारीको अभावमा पनि कार्यालयको गरिने कार्यक्रम र सेवामा हामी कर्मचारीहरु कृयाशिल भएर लाग्ने र पालिकामा रहेका विभिन्न बिषयगत समितिहरुलाइ कृयासिल बनाउदै अगाडि बढ्ने प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी दिनु भयो।

कार्यक्रममा महासंघका अध्यक्ष हरि शर्मले गाउँपालिका गरिहरेको बिकास निर्माण लगायतका कार्यहरूको सूचना सार्वजनिक गर्न सुझाव दिदै पालिका बाट हुने अनुगमनमा पनि पत्रकारलाई सहभागी गराउने सुझाव दिनु भयो। अध्यक्ष शर्माले पालिकाको संस्थागत सुधार गर्न, आर्थिक सुशासन कायम गराउने सवालमा र बिकास निर्माणको अनुगमन कार्यमा पत्रकारलाई सङ सङै राखेर आगाडी बढ्न सुझाव दिनु भयो। कार्यक्रममा उठेका जिज्ञासा्हरुलाई सम्बन्धित वडाका वडा अध्यक्षहरुले मेटेका थिए।

कार्यक्रममा अतिथीहरु वडा १ का कार्यबाहक अध्यक्ष दुधनाथ थारु, वडा २ का अध्यक्ष ईश्वरी चौढरी, वडा ५ का अध्यक्ष त्रिभुवन सिंह, वडा ६ का अध्यक्ष रामहरी उपाध्याय, वडा ८ का अध्यक्ष कादिर अलि अन्सारी, वडा ९ का अध्यक्ष हेमेन्द्रकुमार पञ्जियार, नेपाल पत्रकार महासंघका पुर्ब सभापति केशव पराजुली, सल्लाहकार बृजराज कुश्वाहा, उपाध्यक्ष नारायण सुवेदी, सचिव राजकुमार रेश्मी लगायतले मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here