परासी, ४ चैत। पश्चिम नवलपरासी काे सरावल गाउपालिका वडा न ५ काे धनगडवामा महाशिवरात्रि पर्वकाे उपलक्ष्यमा सास्कृतिक तथा खेलकुद कार्यक्रम सुरु भएकाे छ । वडा न ५ का वडा अध्यक्ष दिनेश सहानीकाे अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनकाे प्रमुख अतिथ्यतामा कार्यक्रमकाे उदघाटन गरिएकाे छ ।
उदघाटन कार्यक्रम मा गाेपि हरिजनले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । कार्यक्रम समाजसेवी सुरेश यादव ,रामचन्द्र राजभर , वडा न ६ का वडा अध्यक्ष कैलाश यादव , गाउपालिका उपाध्यक्ष उत्तमा राय ,गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी लगायत ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा कुस्ति ,कपर्दि र सास्कृतिक कार्यक्रम सन्चालन हुने आयाेजकले जनाएकाे छ ।
उदघाटन कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि रामलखन हरिजनले खेलकुद एउटा एकआपसि मा सद्भाव साटासाट गर्ने माध्यम रहेकाे ले खेलाडीहरु अनुसानमा बसेर खेल खेल्न सबैमा आग्रह गर्नु भएकाे थियाे । खेलाडिहरुले एकाईसाै शताब्दी मा खेललाई पनि ब्यवसायिक रुपमा बनाउनु पर्ने कुरामा जाेडदिनुु भयाे ।
खेलकुद ले शारीरिक स्वस्थ्य र जीवन यापनकाे अाधार रहेकाे ले सबै खेलाडि खेलमा लाग्नुपर्ने बताउनु भयाे ।खेलकुद क्षेत्रमा सहयाेग गर्दै अाएकाे र अाउनेदिनमा थप सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे । अब हरेक स्थानिय तहले खेलकुदकाे लागि खेलाडि उत्पादन गर्न काेचिङ कक्षा सन्चालन गर्नु पर्ने कुरा बताउनु भयाे। कार्यक्रम भाेलि समापन गरिने अायाेजकले जनाएकाे छ । कार्यक्रम सरावल गाउपालिका वडा न ५ काे अायाेजना मा भएकाे हाे ।