परासी, ४ चैत । नवलपरासी पुर्बको हुप्सेकोट प्रहरी चौकीले एक पिकप गाडी सहित अबैध काठ बरामद गरेको छ।
प्रहरीले हुप्सेकोट गा.पा.-३ गिरुबारी खोलाबाट र वडा नं.२ बाट ३ तर्फ आउदैँ गरेको लु १ ज १८८८ नं.को बोलेरो पिकअपलाई हुप्सेकोटको चौकीबाट खटिएको टोलीले शंका लागि रोकी चेकजाँच गर्ने क्रममा अबैध काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
उक्त पिकअपमा रहेको सालको चिरान काठ ( ४३.३१ क्यु फिट , ८६ थान ) प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कावासोती पठाएको छ। प्रहरीका अनुसार चालक फरार छ।