डा.परिश्रमीको गजल संग्रह ‘निभेका शिखा’ विमोचन

0
384

गोपी ज्ञवाली
परासी, चैत ४ गते । नेपाली गजलका अग्रज गजलकार डा. घनश्याम परिश्रमीको गजल संग्रह “निभेका शिखा” को विमोचन गरिएको छ । नेपाली गजलका प्रेरणस्रोतको रुपमा परिचय बनाएका डा. घनश्याम परिश्रकीको कृति निभेका शिखाको विमोचन भर्चुवल माध्यमबाट गरिएको हो । कोरोना संक्रमणको त्रास पछि साहित्यका अनेका कामहरु भर्चुवल गर्ने गरिएको वर्तमान आवश्थामा डा परिश्रमीको कृतिको पनि विमोचन भर्चुवल माध्यमबाट गरिएको हो ।

भर्चुवल माध्यमबाट गरिएको विमोचन कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती काठमाण्डौबाट उपस्थित हुनुहुन्थ्यो भने विमोचन कार्यक्रमको सहजकर्ताको काम पोर्चुगलबाट स्पन्दन विनोद गरेको थिए । कार्यक्रमको प्राविधिक पक्षको काम मकाउबाट कुमार शर्माले गर्नु भएको थियो । कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिहरुले गजलकार परिश्रमीको गजलको बारेमा धारणा प्रस्तुत गर्नु भएको थियो । विमोचन कार्यक्रमा विश्वका विभिन्न स्थानबाट विभिन्न प्रकारका साहित्यिक सर्जकहरुले परिश्रमीको गजल वाचन गरेका थिए । गजलकार परिश्रमीको कृति “निभेका शिखा” गजल संग्रहमा १ सय ३३ वटा गजलहरु समावेश गरिएका छन् ।

वि.स २०३५ साल देखि नेपालमा गजल साहित्यको प्रारम्भ भएको मानिय पनि आधुनिक समयमा नेपाली साहित्यमा गजल प्रवेश गराउने मुख्य श्रेय डा. परिश्रमीलाई नै जाने गर्दछ । नेपाली साहित्यकार समूहका परिकल्पनाकार स्पन्दन बिनोदको संयोजनमा भर्चुअल माध्यमबाट परिश्रमीको गजल संग्रहको विमोचन गरिएको हो । उक्त विमोचन कार्यक्रममा विश्व भरिबाट दर्जनौ नेपाली साहित्यकारहरुको उत्साहजनक उपस्थिती रहेको डा. परिश्रमीले बताउनु भयो ।
बिश्वभर छरिएर रहनु भएका नेपाली भाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व संजालले जुम मार्फत यौटै छाता मुनी जोडेको थियो । नेपाली साहित्यका बिबिध विधा नबुझेर वा बाटो बिराएर अन्योलमा परेका र सिक्न चाहने सर्जकका लागि नमुना पाठशाला बनेको छ यो संस्था ।

कार्यक्रम साहित्यकार भूँडिपुराण प्रकाशनका केशव पराजुलीको सभापतित्वमा र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा आमन्त्रित विशिष्ठ अतिथि तथा बक्ताहरूमा गजलकार बूँद राना, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसासका केन्द्रीय सल्लाहकार राधेश्याम लेकाली, साहित्यकार भुवन निस्तेज, गजलकार हुसेन खाँ, गजलकार टक गुरुंग र गजलकार तथा गजल चिन्तक देवी पन्थी लगाएतको उपस्थिति रहेको थियो।

गजल कृतिका कृतिकार डा. घनश्याम न्यौपाने परिश्रमी २०१५ सालमा स्यांजाको बलाममा जन्मिनु भएको हो । नेपालीमा एम ए व्याकरणमा आचार्य र गजलमा बिद्यावारिधि गर्नु भएका डा. घनश्याम परिश्रमी अध्यापन पेशामा सक्रिय हुनुहुन्छ । डा. परिश्रमीका दर्जनौं ग्रन्थहरु प्रकासित छन । जस मध्यमा यो नवौँ गजल संग्रह हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here