गौरीशंकर जयसवाल- परासी ,४ चैत ।पश्चिम नवलपरासीमा आजदेखि दुईदिने पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम शुरु भएको छ ।
नेपाली पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक दुईदिने कार्यक्रम शुरु भएको हाे
कार्यक्रमकाे उद्वाघाटन गदै नगर प्रमुख धीरज शर्मा ले पत्रकारितालाई जीवन र पेशा ठानेर काम गर्न सकेमात्र पत्रकारितामा सफलता प्राप्त हुनेमा जोड दिएका थिए ।उनले पत्रकारले सामाचार लेख्दा गहिराईमा गएर सामाचार सम्प्रेषण गर्न अग्रह गदै राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न बताए ।नगरप्रमुख शर्माले राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न जरूरि रहेकाे बताए ।

नगरले गरेकाे राम्राेकाम प्रचारप्रसार र नगरले चालेकाे बिकास निर्माण कामकाे प्रचारप्रसार गरिदिन पत्रकारहरूलाई अग्रह गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख माया पौडेलले स्थानीय तहले गरेका राम्रो काम र बाटो बिराएको खण्डमा झक्झकाउने काम गर्न बताईन ।

महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति टिकाराम गैरे ,प्रेस चाैतारि नेपालका जिल्ला अध्यक्ष माेहन पाैडेल महासघका सल्लाहकार जाहन्बि जाेशि,दाैतरी रेडियाेका प्रबन्धक निर्देशक नारायण भण्डारी लगायतले अा अफानाे धारण राखेकाे महासघका सचिव राजकुमार रेशमीले जानकारी दिए ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्ले,बर्दघाट नगरपालिकाले गरेकाे बिकास निर्माण र याेजनाहरूकाे बारे जानकारी गराएका थिए दाेश्राे सेक्सनमा अदालति रिपोर्टिङकाे बारे जिल्ला न्यायाधिस सहजिकरण गर्नुहुनेछ ।