स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीद्धारा पश्चिम नवलपरासीमा स्वास्थ्य बिमा कार्यक्रम शुरुवात

0
397

प्रकाश न्यौपाने

नवलपरासी । पश्चिम नवलपरासीमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य बिमा कार्यक्रम शुरुवात गर्नु भएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा आज एक कार्यक्रमका बीच स्वास्थ्य बिमा सदस्यता दर्ता शुभारम्भ भएको छ । नेपाल सरकारले २०७२ साल देखी सुरुवात गरेको स्वास्थ्य बिमा कार्यक्रम ६९ औं जिल्लाको रुपमा आज पश्चिम नवलपरासीमा सुरु गरिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठिले आफू स्वस्थ्य मन्त्रालयमा आएपछि कोरोना विरुद्धको खोप, स्थानीय तह मा १० देखी १५ शैयाको अस्पताल निर्माण र कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिई काम गरिरहेको बताउनु भयो ।

सरकारको काम गर्ने क्रममा नवलपरासी जिल्लाको मान र सम्मान गिर्न नदिने बताउदै उहाले कोरोनाको खोप किन्नका लागी सरकारले ४८ अर्ब रुपैयाँ छुट्टाएको र सोही रकमलाई उचित व्यवस्थापन गर्दै सातै वटा प्रदेशमा अन्तरास्ट्रिय अस्पताल खोल्न योजना रहेको बताउनु भयो ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री त्रिपाठीले जनताको मनोबिज्ञानमा परिवर्तन आउन थालेको बताउदै अहिलेको राजनीति घटना क्रमम मध्यान्तर भएको बताउनु भयो ।

लुम्बिनी प्रदेशका स्थानीय बिकास मन्त्री बैजनाथ चौधरी, लुम्बिनी प्रदेश सदस्य भगवती भण्डारीले जिल्ला समन्वय समितीका प्रमुख शिव शकर राय, बर्दघाट नगर प्रमुख धिरज शर्मा, सुस्ता गाउपालिकाका प्रमुख रामप्रसाद पाण्डेय, सरावल गाउपालिकाका प्रमुख राधेश्याम चौधरि स्वास्थ्य बिमा कार्यक्रमको सफलताको कामना व्यक्त गर्नु भयो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी सदस्य चन्द्र थापाले स्वास्थ्य बिमाको नितिगत व्यवस्थाहरुको जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमाणी पाठक, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । स्वागत मन्तव्य लुम्बिनी प्रदेश स्वास्थ्य बिमा संयोजक मनोज पौडेलले स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्ष स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाको रहेको थियो । पश्चिम नवलपरासीमा ७४ जना दर्ता सहजकर्ता रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here