सुस्तामा ५०० सय मैट्रिकट्न क्षमतावान शीत भण्डारको शिलान्यास

0
231

सुस्ता २१ फाल्गुन। पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा ५०० सय मैट्रिक टन क्षमताको शीत भण्डार बन्ने भएको छ । शीत भण्डार निर्माण कार्यको शिलान्यास गर्दै सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सुखी नेपाली समृद्ध सुस्ताबासीको मुल अभियानमा लागेको सुस्ता गाउँपालिकाले यतिखेर किसानहरुको हकहितका लागि सुस्ता गाउँपालिकाको वार्ड न ४ स्थित नर्सहीमा ५०० सय मैट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्न थालिएको बताए ।

लुम्बिनी प्रदेश सरकारबाट ४ करोड १५ लाख र सुस्ता गाउँपालिकाको कार्यालयबाट १ करोड ५० लाख गरि कुल ५ करोड ६५ लाखमा निर्माण हुन थालेको शीत भण्डार बेमौसमी तथा मौसमीमा उत्पादन गरेको फलफुल तथा तरकारीहरु सुस्ताका किसानहरुमात्र नभई छिमेकी पालिकाका किसानहरुले उत्पादन गरेको फलफूल तथा तरकारीहरु स्टोर गर्न पाउने अध्यक्ष पाण्डेयले बताएका छ्न ।

शीत भण्डार निर्माण कार्यको जिम्मा पाएको श्री कालीगण्डकी रबिना जेभीले कोल्ड स्टोर निर्माण कार्य ३ महिनामा सम्पन्न गरेर ४ चौथो महिना भित्र पालिका हस्तान्तरण गर्ने श्री कालीगण्डकी रबिना जेभीका प्रतिनिधि मधु न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here