लुम्बिनीमा वर्षेनी २० लाख पर्यटक भित्र्याउने कोषको योजना

0
353

लुम्बिनी–अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा वर्षेनी २० लाख पर्यटक भित्र्याउने  लुम्बिनी विकास कोषले योजना बनाएको छ ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तय) ले लुम्बिनी पर्यटक समाजद्वारा आयोजित स्वागत समारोहमा यस्तो बताएका हुन् ।
कोष उपाध्यक्ष भिक्षु मेत्तेयले बुद्धजन्म स्थल लुम्बिनीमा आन्तरिक र बाह्य गरी बर्षेनी १५ लाख पर्यटक आएता पनि तीन बर्ष भित्रै २० लाख पर्यटक उतार्ने लुम्बिनी बिकास कोषले योजना बनाएको बताए । 


४० बर्ष देखि अल्झिएको लुम्बिनी गुरुयोजना चारबर्ष भित्रै पूरा गर्न ग्लोबल टेण्डर आहवान गर्ने सरकारी नीति समेत पारित हुनुका साथै बृहत्तर लुम्बिनी गुरुयोजना भित्र मोनोरेल चलाउन चाईनिज कम्पनी सँग परामर्श जारी राखेको उनको भनाई थियो ।
कार्यक्रममा लुम्बिनी पर्यटन समाजका अध्यक्ष तुलसीराम अधिकारीले सरकार तथा लुम्बिनी  बिकास कोष सँग हातेमालो गर्दै आफनो संस्था अगाडी बढन तयार रहेको बताए ।
सो अवसरमा सूचना अधिकृत हरिध्वजराई , सहायक सूचना अधिकृत राजनबस्नेत उपाध्यक्ष पिन्टू कसौधन लगायतले स्वागत मक्तब्य ब्यक्त गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here